८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

बेलायतमा पहिलो खोटाङयुके म्युजिकल नाईट हुँदै



काठमाडौं । खोटाङ सेवा समाज युकेले सांगीतिक साँझ आयोजना गर्ने भएको छ । खोटाङगे कलाकारहरुको साथमा पहिलो खोटाङयुके म्युजिकल नाईट आयोजना गर्न लागेको हो ।


सांगीतिक कार्यक्रमसँगै खोटाङबाट बेलायतमा बसोबास गरिरहेका खोटाङगेलीहरुको वार्षिक रुपमा भेटघाटको लागि समेत कार्यक्रमको आयोजना गरिएको बताइएको छ । बेलायतलाई कर्मभूमि बनाएर बसोबास गरिरहेका खोटाङ्गेलीहरुको आपसी सदभाव र भाइचार बढाउनको लागि पनि कार्यक्रमको आयोजना गरिएको हो ।
खोटाङगे गाउँले कलाकारहरुमा चर्चित गायिका पार्वती राई, जानुका राई, चर्चित हास्यकलाकार राईबुढा पार्वन राई लगाएत दिपक राई आनन्द राई, दिप राई, गंगाराज राई, कल्पना राई, सुश्मा राई, लिला राई, सलोनी राई, प्रभा राई, अनुपमा राई, सिन्धिया राई, सनोन राई, रुपा राई, सेलिना राई, निस्चल राई, रियोङ राई लगाएत कलाकारहरुको विशेष प्रस्तुती रहने छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  २ : ३७ बजे