छविले शिल्पालाई कानको जाली फुट्नेगरी कुटेपछि …!

Facebook Debugger

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई निर्माता छविराज ओझाले कानको जाली फुट्ने गरी कुटेको घटना सार्वजनिक भएको छ । अभिनेत्री पोखरेलले निर्माता ओझा विरुद्ध प्रशासनमा उजुरी दिएपछि घटनाको रहस्य खुलेको हो ।


कानको जाली फुट्नेगरी छविले कुटपिट गरेपछि शिल्पाले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेको रहस्य एकाएक बाहिरिएको हो । प्रशासनमा उजुरी दिएपछि शिल्पाले दाई मान्दै आएकी फोटोग्राफर विकास रौनियारको घरमा आराम गरिरहेकी छन् । शिल्पालाई यस बारेमा बुझ्न फोन सम्पर्क गर्दा रौनियारकी श्रीमतिले फोन उठाइन् । ‘शिल्पा अहिले फोनमा बोल्न नसक्ने अवस्थामा छिन्, त्यसैले मैले फोन उठाएकी हुँ,’ उनले भनिन्, ‘छविजीसँग उहाँको १५ दिनअघि नै झगडा भएको हो । छविजीले कानमै असर पुग्नेगरी पिट्नुभएछ । त्यसैले राम्रोसँग कान सुन्न सकिरहेकी छैनन् ।’
झगडा १५ दिनअघि भए पनि शिल्पाले प्रशासनमा ३ दिनअघि उजुरी दिएको उनले बताइन् । ‘हिजो सामान्य छलफल भएको थियो, आज उहाँ (छविजी) सन्चो नभएको कुरा आयो, अब भोलिको छलफलले केही कुरा टुंगिएला,’ निर्देशक रौनियारले भनिन् ।
उता छविसँग यसबारे बुझ्न खोज्दा उनको फोन उठेन । विश्वस्त स्रोतका अनुसार छवि अहिले ‘कुरा मिलाइदिन’ आग्रह गर्दै फिल्मसँग सम्बन्धित संघसंस्था गुहारिरहेका छन् । शिल्पाको फोनमा धेरैतिरबाट दबाब आइरहेको निर्देशक रौनियारले बताइन् । ‘उहाँ इन्डष्ट्रीकै बेइज्जत भयो भन्दै हिँडिरहनु भएको रैछ, घरमा श्रीमती पिट्दाचाहिँ बेइज्जत नहुने, खबर बाहिर आउँदाचाहिँ बेइज्जत हुने, कस्तो अचम्म,’ उनले आश्चर्य प्रकट गरिन् । शिल्पाले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेपछि जिल्ला प्रशासनले उक्त पत्र महानगरीय प्रहरी परिसर काठमाडौंलाई पठाउँदै आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।
काठमाडौं परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले भने, ‘प्रशासनबाट पत्र आएको छ । दुवै जनालाई बोलाएर छलफल गर्छौं । त्यसपछि थाहा होला के भएको रहेछ ।’ शिल्पा निर्माता ओझाकी चौथो श्रीमती हुन् । उनीहरुले दुई वर्षअघि नै सुटुक्क विवाह गरेका थिए । विवाहको साक्षी विकास रौनियार र सम्झना उप्रेती रौनियार पनि थिए । तर दुवैले एक महिनाअघि मात्र विवाह स्वीकार गरेका थिए ।
त्यसअघिसम्म शिल्पासमेत विवाह भएको स्वीकार्न तयार थिइनन् । अहिले विवाह स्वीकार गरेको दुई महिना नकट्दै फेरि झगडाको खबर बाहिरिएको छ । शिल्पा निकट स्रोत अनुसार अब उनी छविसँग सम्बन्ध अघि बढाउने मुडमा छैनन् । नेपाल लाईभबाट

Published On:  210पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार