सप्तकोशीमा पानीको बहाव बढेपछि व्यारेजको ढोका बन्द गर्न भारतले दियो दबाव !

35 Shares

काठमाडौं । अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी व्यारेजको ढोका बन्द गर्न भारतीय पक्षले दवाव दिएको छ ।


शनिबार दिउँसोसम्म कोशी व्यारेजमा २ लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए ।
स्थानीय प्रशासनले भने पानीको बहाव थप बढ्न सक्ने भन्दै कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । अहिले ५६ मध्ये ४१ ढोका खोलिएको छ ।
तर बिहार जलमग्न भएकत्त भन्दै भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले राष्ट्रिय समाचार समितिलाई बताए ।
यसैबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की सहितको टोलीले कोशी व्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार