पाकिस्तानमा बस दुर्घटना, तीसको मृत्यु

0 Shares

पाकिस्तान, १ कात्तिक । पाकिस्तानको पूर्वी क्षेत्र पञ्जाब प्रान्तको रहिम यारखान जिल्लामा सोमबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको पाकिस्तानी अधिकारीले बताएका छन् ।

सोमबार बिहान ६ बजेतिर एक ट्रकलाई उछिन्दै अगाडि बढ्ने क्रममा विपरित दिशाबाट आएको एक अर्को बससँग ठोक्किँदा भएको सडक दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने कम्तिमा ५० जना घाइते भएका, प्रहरीले बताएको छ ।

घाइते सबैजनालाई स्थानीय अस्पतालहरुमा उपचारका लागि भर्ना गरिएको बताइएको र घाइते केही यात्रुको अवस्था स्थिर रहेको मन्सुरस्थित शेख जायद अस्पतालका आपतकालीन सेवा विभागका निर्देशकले बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको तत्काल छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री सरीफले मृतकको आत्माको शान्तिका लागि प्रार्थना गर्नुभएको छ ।

उहाँले घाइतेजनलाई स्तरीय उपचारको बन्दोबस्त मिलाउनसमेत सथानीय प्रशासनलाई निर्देशन दिनुभएको बताइएको छ । रासस÷सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार