२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

जर्मनीमा रसायनिक प्लान्ट विस्फोट, केही मानिस बेपत्ता र कैयौँ घाइते



जर्मनी, १ कात्तिक । पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित एक रसायन उत्पादन गर्ने प्लान्ट विस्फोट हुँदा केही मानिस हराएका र केही घाइते भएको वास्फ कम्पनीले जनाएको छ ।

विस्फोटपछि विशाक्त ग्यास बस्तीमा फैलिएको र नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भनी प्लान्ट रहेको क्षेत्र वरपरका मानिसलाई घरबाट बाहिर ननिस्कन र ढोका लगाएर घरभित्रै बस्न कम्पनीले अनुरोध गरेको छ ।

कम्पनीले विस्फोट हुनाको कारण थाहा भइनसकेको बताउँदै यस सम्बन्धमा छानबिन सुरु गरिएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

लुबिगसाफेन फ्रान्कफर्टदेखि ८० किलोमिटर दक्षिणपश्चिममा अवस्थित जर्मन सहर हो । रासस÷एएफपी

प्रकाशित मिति : १ कार्तिक २०७३, सोमबार  १ : ५६ बजे