भारतीय मिडिया हावादारी,काश्मिर सङ्कट सुल्झाउन म्याँक्रोको आग्रह

21 Shares

फ्रान्स: फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गरेको छ । ठूला सात औद्योगिक राष्ट्रहरुको समूह ९जी७० को बैठकमा सहभागी हुन फ्रान्स पुगेका भारतीय प्रधानमन्त्री मोदीसमक्ष राष्ट्रपति म्याँक्रोले यस्तो आग्रह गरेको हो ।
दुई नेताबीच बिहीबार भएको भेटवार्तामा जलवायु परिवर्तन र अरु द्विपक्षीय एवं विश्वका जल्दाबल्दा विषयमा पनि विचारविमर्श भएको थियो ।

जी७ को बैठक फ्रान्सको बियारिजमा यसै सप्ताहान्तमा बस्दैछ । भारतीय प्रधानमन्त्री मोदी उक्त बैठकमा विशेष आमन्त्रित हुन् । जी७ का सदस्य मुलुकमा संयुक्तराज्य अमेरिका, बेलायत, फ्रान्स, जापान, जर्मनी, क्यानडा र इटाली रहेका छन् ।
फ्रान्सेली राष्ट्रपति म्याँक्रोले बिहीबार नै बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सन र ग्रीसका प्रधानमन्त्रीसँग भेटवार्ता गरेको थियो ।
भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा राष्ट्रपति म्याँक्रोले भारत र पाकिस्तानबीच रहेका मतभेद द्विपक्षीय रुपमा सुल्झाउन तथा थप गतिरोध अन्त्य गर्न आग्रह गरेको थियो ।
गत अगस्ट ५ मा मोदीले मुस्लिम बहुल काश्मिरले प्राप्त गरिरहेको विशेष दर्जा समाप्त गर्नुका साथै दशौं हजार थप सुरक्षाकर्मी काश्मिरमा पठाएको थियो । प्रधानमन्त्री मोदीले भने आफ्नो वक्तव्यमा काश्मिरका विषयमा केही उल्लेख गरेको थिएन । तैपनि भारतीय मिडियाले भने फ्रान्सले समेत काश्मिर प्रति जे ग¥यो भारतले सही हो भनि हावादारी समाचार सम्प्रेषण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार