थुलुङ दुधकोशी गाउँपालिकामा प्लाष्टिक र सिसाजन्य सामग्रीमा प्रतिबन्ध !

287 Shares

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा प्लाष्टिक तथा सिसाजन्य सामग्रीमा प्रतिबन्ध लगाईने भएको छ ।


‘सफा सुन्दर र हराभरा गाउँ, हामी सबैको सान, प्लाष्टिक र सिसामुक्त पालिका थुलुङ दुधकोशीको अभियान’ भन्ने मूल नाराका साथ गाउँपालिका क्षेत्रभित्र प्लाष्टिक र सिसाजन्य सामग्रीमा प्रतिबन्ध लगाइएको हो ।
गाउँपालिका क्षेत्रभित्र २०७६ मंसिर महिनादेखि प्लाष्टिक र सिसाजन्य सामग्रीको प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाईने आम गाउँपालिका बासीलाई सूचना मार्फत जानकारी गराइएको छ । प्लाष्टिकको विकल्पमा तत्कालको लागि गाउँपालिकाले अनुदानमा कपडाको झोला वितरण गर्ने पनि सूचना उल्लेख गरिएको छ ।
प्लाष्टिक तथा सिसाजन्य सामग्रीको वैकल्पिक प्रयोग सामग्रीको लागि सबै उद्योगी, व्यापारी, व्यवसायी तथा आम सर्वसाधारणलाई व्यवस्था गर्न पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार