आङदामी शेर्पालाई जनसेवा श्री पदक

8.3k Shares

काठमाडौं । समाजसेवी आङदामी शेर्पालाई संविधान दिवसको अवसरमा जनसेवा श्री पदक प्रदान गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन मानपदवी, अलङ्कार र पदकद्धारा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा शेर्पालाई पनि सम्मान गर्ने बताइएको हो ।


शेर्पाले सोलुखुम्बुमा रहेर सामाजिक सेवामा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै जनसेवा श्री पदकद्धारा सम्मान गर्न लागिएको हो । शेर्पा लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय छन् । उनी सोलुदुधकुण्ड नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
त्यसैगरी स्व. आङछिरिङ शेर्पालाई मरणोपरान्त सुप्रसिद्ध प्रबल जनसेवा श्री पदक प्रदान गरिने भएको छ । लामो समयदेखि पर्यटन तथा नागरिक उड्डयन व्यवसायीको रुपमा ख्याती कमाएका शेर्पाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । शेर्पा खुम्बुपासाङल्यहामु गाउँपालिका १ का स्थायी बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार