नेकपा सोलुखुम्बुको कार्यदल बैठक अन्तिम समयमा स्थगित !

  बुद्धवीर बाहिङ राई
1.5k Shares

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुको पहिलो कार्यदलको बैठक अन्तिम समयमा स्थगित भएको छ । नेकपा जिल्ला कार्यसमितिको विभिन्न भातृ संगठन र सचिवालयको गठनको विषयमा बैठकले निर्णय गर्ने बताए पनि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।


‘बाहिर हल्ला चलेजस्तो पार्टीमा कुनै विवाद छैन, नेकपा कार्यदलको बैठक गृहकार्य नपुगेर अन्तिम समयमा स्थगित गरिएको हो,’ प्रतिनिधी सभा सदस्य तथा नेकपा सोलुखुम्बुका सहईञ्चार्ज हेमकुमार राई ‘सुरवीर’ले भने, ‘विपक्षी र पार्टीको हित नचाहने कतिपय पार्टीकै साथीहरुले आम जनतामा भ्रम छर्न यस्ता कुरा गरेका हुन, उनीहरुले भनेजस्तो पार्टीमा कुनै विवाद छैन ।’
पूर्व एमाले र पूर्व माओवादी केन्द्र एक भई घोषणा गरेको जेठ पहिलो हप्ता भएपनि लामो समयसम्म कार्यदलको बैठक बस्न नसक्नुलाई कतिपयले पार्टीभित्र आन्तरिक विवाद छ भनेर चर्चा गरेको सहईञ्चार्ज राईले बताए । ‘आम जनताले हामीलाई मिलेर देश विकास गर्न मत दिएर जिताएका हुन्, ’ राईले भने, ‘अनेक तिकडम गरेर जनतालाई निराश पार्न होइन, त्यसैले बाहिर सुनिएको हल्ला जस्तो पार्टीभित्र कुनै आन्तरिक विवाद भएको छैन ।’
सोलुखुम्बुमा पार्टी एक भएको ५ महिना बितिसक्दा पनि पार्टी अन्तरगतका विभिन्न भातृसंगठनहरुको गठन हुन सकेको छैन । अब चाँडै व्यापक गृहकार्य गरी कार्यदलको बैठक बसि भातृसंगठनको गठन गरिने पनि राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार