अफगानिस्तानमा सुरक्षा कारबाहीमा छ तालिबान मारिए, बीस सर्वसाधारण मुक्त

14 Shares

मेथार्लम । रासस ÷सिन्ह्वा० ः अफगानिस्तानको पूर्वी भागमा रहेको लघामान प्रान्तमा यहाँको सुरक्षा बलले तालिबान लडाकूविरुद्ध गरेको कारबाहीको क्रममा छ जना लडाकू मारिएका छन् ।

सो कारबाहीको क्रममा तालिबानको कब्जामा रहेका २० जना अफगान सर्वसाधारण नागरिकलाई पनि मुक्त गरिएको अफगान सेनाले बुधबार जानकारी दिएको छ ।

गत सोमबार शुरु गरिएको यस सुरक्षा कारबाहीमा ६ तालिबान लडाकू मारिएका र २० सर्वसाधारण मुक्त भएका बताइएको छ । यस क्रममा चार जना लडाकू घाइते हुनुको साथै अन्य दुई पक्राउ परेका सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको लागि अफगानिस्तानमा सुरक्षा अवस्थालाई कडा गरिएको छ । उता तालिबान लडाकू समूहले भने यसै निर्वाचनलाई लक्ष्य गरेर थप हत्या हिंसा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार