उधौली तोसीको अवसरमा लोखिममा तोसी सिली प्रतियोगिता

7 Shares

सोलुखुम्बु । थुलुङ राई संस्कृति प्रतिष्ठानको आयोजनामा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिममा तोसी (साकेला) सिली प्रतियोगिता शुरु भएको छ ।


प्रतिष्ठानले उधौली तोसी २०७६ को अवसरमा प्रतियोगिताको आयोजना गरेको वडा अध्यक्ष तथा प्रतिष्ठानका सदस्य भुपालसिंह राईले बताए । प्रतियोगितामा गाउँपालिकाभरिका ६ समूहले भाग लिएका छन् ।
उत्कृष्ठ तीन वटा समूहलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । समाजसेवी हुपेन्द्रराज राईले स्थापना गरेको ड्यामुर अक्षयकोषबाट उक्त पुरस्कार दिइने छ ।
सबकुमार राईको संयोजकत्वमा रहेको निर्णायक मण्डलले बुधबार निर्णय सार्वजनिक गर्नेछ भने बुधबार नै प्रतिष्ठानको ८ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरी उक्त पुरस्कार वितरण गरिने छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सोलुखुम्बु ‘क’बाट प्रदेश सांसद रहेका उत्तमकुमार बस्नेत सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार