भारतमा नरेन्द्र मोदीको रणनीति, आसाम राज्य तनाबग्रस्त

काठमाडौं । भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएको छ । यद्यपि यसको विरोधमा बिभिन्न स्थानमा आन्दोलन चर्र्र्किएकाले कर्फ्युसमेत लगाउनु परेको छ ।

सोमबार विधानसभाबाट पारित भइसकेको नागरिकता विधेयक बुधबार राज्यसभाबाट पनि पारित भएको हो । विधेयकको पक्षमा १२६ र विपक्षमा १०५ मत परेको थियो । त्यसअघि करिब आठ घण्टासम्म विधेयकमा बहस भएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो कानुनबाट वर्षौंदेखि उत्पीडनमा परेकाहरुको पीडा अन्त्य गर्ने दाबी गरे ।

यस्तै भाजपाका अध्यक्ष एवम् केन्द्रीय गृहमन्त्री अमित शाहले राजनीति गर्न तर देशलाई धर्मको नाममा विभाजन नगर्न आह्वान गर्दै भने, ‘यसको आगोले आफ्नै घरलाई जलाउँछ ।

नागरिकता विधेयकमा भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिकरुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ । यसमा मुस्लिम उल्लेख छैन । विपक्षी दलहरुले मुस्लिम समुदायलाई सरकारले भेदभाव गरेको भनेर विरोध गर्दै आएका छन् । उनीहरुले यो विधेयक भारतीय संविधानको धारा १४ को समानताको हकसम्बन्धी व्यवस्था विपरीत भएको तर्क गरेका छन् ।

मोदी नेतृत्वको सरकारले नागरिकता संशोधन विधेयक ल्याएलगत्तै भारतमा फैलिएको आक्रोश राज्यसभाबाट पनि पारित भएपछि थप चर्किएको छ । बुधबार आन्दोलन चर्किंदै गएपछि आसामको गुवाहाटीमा साँझदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको छ । प्रदर्शनकारीले त्यहाँको चबुआ र पनीटोला रेल स्टेशनमा तोडफोड तथा आगजनी गरेका छन् । अन्य केही सवारी साधनमा पनि आगजनी भएको छ ।

स्थानीय प्रशासनले सेनालाई उच्च सतर्कतामा राखेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आसामको गुवाहाटी, राजधानी दिसपुर तथा संकटग्रस्त क्षेत्रमा केन्द्रीय १० कम्पनी अर्धसैनिक बल र राज्य सुरक्षा बललाई तैनाथ गरिएको छ । डिब्रुगढ र तिनसुकिया रेल स्टेशनमा उच्च सतर्कता अपनाइएको छ । कतिपय जिल्लामा इन्टरनेट सेवासमेत बन्द गराइएको भारतीय मिडियाहरुले लेखेका छन् ।

प्रदर्शनकारीले बुधबार दिनभर केन्द्र र राज्य सरकारविरुद्ध नाराबाजी गर्दै नागरिकता विधेयक विनासर्त फिर्ता गर्न माग गरेका थिए । उनीहरुले सडकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको थियो ।
विधेयकको विरोधमा आसामका बिभिन्न स्थानमा हिंसात्मक घटनाहरु भएका छन् । प्रहरीको हस्तक्षेपबाट विद्यार्थीहरुसहित कम्तिमा २५ जना प्रदर्शनकारी घाइते भएका छन् ।

गुवाहाटीबाट प्रकाशित हुने दैनिक पत्रिका पूर्वोदयका सम्पादक रविशंकर रविले बीबीसँग भनेका छन्, ‘यो आन्दोलनलाई साहित्य, कला र सँस्कृतिसँग जोडिएका मानिसहरुले समेत समर्थन गरेका छन् । यस्तो लाग्छ यहाँका हरेक व्यक्ति आन्दोलित छन् ।’ सम्पादक रविशंकरका अनुसार प्रदर्शन चर्किएपछि गुवाहाटी र डिब्रुगढ विश्वविद्यालयका परीक्षा पनि स्थगित भएका छन् ।

विरोध प्रदर्शनका कारण बुधबार आसामका मुख्यमन्त्री सर्बानन्द सोनोवाल गुवाहाटी विमानस्थलमा धेरै बेरसम्म रोकिन बाध्य भएका थिए । सोनोवाल तेजपुरबाट आसामको राजधानीस्थित गोपीनाथ बोरदोलोई अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । तर विरोध प्रदर्शनका कारण उनी धेरै बेरसम्म विमानस्थलको भीआईपी कक्षमै रोकिन बाध्य भएको स्थानीय सञ्चार माध्यमले लेखेका छन् ।

लोकसभा नागरिकता विधेयक पेस हुनासाथ नर्थ इस्ट स्टुडेन्ट्स् अर्गनाइजेसन ९नेसो० नामक संगठनले १० डिसेम्बरमै पूर्वोत्तर क्षेत्र बन्द आह्वान गरेको थियो । त्यस दिन आसाम, त्रिपुरा, मेघालयसहितका अधिकांश स्थान ११ घण्टासम्म बन्द रहे । यो बन्दलाई अल आसाम युनियन ९आसु० र अल आसाम गोरखा स्टुडेन्ट्स् युनियन समेतका धेरै संगठनहरुले समर्थन गरे । बन्दका कारण गुवाहाटी, डिब्रुगढ, तिनसुकिया, जोरहाटका साथै मेघालय, त्रिपुराका लगायतका विभिन्न सहरहरु ठप्प रहे । साँझ परेपछि पसलहरु खुले र स्थिति सामान्यतर्फ फर्कियो ।
त्यसको भोलिपल्ट अर्थात ११ डिसेम्बर बुधबारको दिन बिहानपख जनजीवन अन्य दिनको जस्तै सामान्य थियो । तर, मध्याह्न १२ बजेपछि गुवाहाटीका फेन्सी बजार, क्रिश्चियन बस्ती, नेटपी हाउस, गुवाहाटी विश्वविद्यालय, चाँदमारी, पल्टन बजार जस्ता क्षेत्रबाट विद्यार्थीहरुको अलग–अलग समूह नागरिकता विधेयकको विरोधमा उत्रिएको देखियो ।

उनीहरुले आसामको राजधानी ‘दिसपुर जाऔं’ भन्दै मार्चपासको आह्वान गरे । केबल दुई घण्टाभित्रै गुवाहाटी–शिलोङ्ग सडकखण्ड ९जीएस रोड०मा हजारौं प्रदर्शनकारी जम्मा भए । उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको पुत्ला जलाए । दर्जनौं स्थानमा आगजनी भयो । सडकमा टायर बालेर यातायात पूर्णरुपमा ठप्प पारियो । सवारी साधनहरुको कयौं किलोमिटर लामो जाम भयो । त्यसपछि प्रहरीले लाठी चार्ज गरेर सडक खुलाउने प्रयास गर्‍यो ।

यति गर्दा पनि प्रदर्शनकारीको आक्रोश कम भएन । उनीहरुको भिड झन् बढ्यो । बीबीसी लेख्छ, ‘साँझ परेपछि स्थिति झन् बिग्रियो । यस्तो लाग्यो मानौं हरेक स्थानमा आगो लागेको छ ।’ रात परेपछि जताततै आगोको मुस्लो देखिन थाल्यो भने फायरिङ र विष्फोटको आवाज सुनिन थाल्यो ।

अल आसाम गोर्खा स्टुडेन्ट्स युनियनका अध्यक्ष प्रेम तामाङले बीबीसीसँग भनेका छन्, ‘बन्दको आह्वान कुनै पनि संगठनले गरेको थिएन । यो स्वतः स्फूर्त भएको हो । नेतृत्व पनि कसैले गरेको छैन । यो जनआन्दोलन हो । नागरिकता विधेयकका कारण आसामको विरासत र एकतामा संकट आउँछ भन्ने लागेर जनताले आन्दोलन गरिरहेका छन् । दुई तिहाई बहुमत नरेन्द« मोदी सरकारको एन आर सि लागु गर्ने रणनीतिले स्वयम सरकारलाई जलाउने निश्चित भएको बताए ।

जीएस रोडको प्रदर्शनमा सहभागी पंकज हातकरले भनेका छन्, आसामका जनता पहिलेदेखि नै धेरै समस्यामा छन् । अब सरकारले बाहिरका व्यक्तिलाई पनि भारतको नागरिकता दियो भने हामी कहाँ जाने रु हामी त पहिलेदेखि नै बेरोजगारीको समस्याबाट जुधिरहेका छन् । भारतीय लोक सभामा भएको नागरिक्ता विद्यायक प्रति भारतका केन्द«य गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले नेपाली भाषीलाइ सजिलै नागरिक्ता उपलब्ध गराइने पाईरहेको कुनै समस्य नभएको बताएको छ ।

भारतीय गृहमन्त्रीको दाबी( नेपालीलाई सजिलै नाग

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार