बाबु आमाका नाममा छात्रवृत्ति कोष

28 Shares

ओखलढुंगा– सिद्धिचरण नगरपलिका १२ मा रहेको सगरमाथा जनता माध्यमिक विद्यालयमा बाबु आमाको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी पदमबहादुर शाक्यले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बाबु आमाका नाममा कोष स्थापना गर्नुभएको हो ।


विद्यालयको पूर्व विद्यार्थी समाज गठन कार्यक्रममा बाबु कालुमान र आमा धनकुमारी शाक्यको स्मृतिमा ‘कालुमान–धनकुमारी छात्रवृत्ति अक्षय कोष’ घोषणा गरेर रकम समेत हस्तान्तरण गरिएको छ । शाक्यले कोषमा १ लाख ११ हजार १ सय ११ रुपैंया रकम राखेको विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्कीले जानकारी दिनुभयो । उक्त कोषको ब्याजबाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने, गरिब र जेहन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने छ । विद्यालयको बार्षिकोत्सवमा उक्त पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।
पूर्व विद्यार्थी समाज गठन

यस्तै विद्यालयको शैक्षिक सुधार गर्दै विद्यालय शिक्षालाई गर्न डिजिटल प्रविधि व्यवस्थानमा सहयोग पुर्याउने उद्देश्यले पूर्व विद्यार्थी समाज समेत गठजन भएको छ । समितिको अध्यक्षमा पूर्व विद्यार्थी निबन्द श्रेष्ठ अध्यक्ष चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा कञ्चन श्रेष्ठ, सचिवमा रुपेश शाक्य र कोषाध्यक्षमा सरस्वती बानिया चयन हुनुभएको छ ।

समाजका पदाधिकारीहरु
अध्यक्षः निबन्ध श्रेष्ठ
उपाध्यक्षः कंचन श्रेष्ठ
सचिवः रूपेश शाक्य
कोषाध्यक्षः सरस्वती बानिया
सदस्यः प्रबिण सैजु
सदस्यः उमंग श्रेष्ठ
सदस्यः सुजन तामाङ
सदस्यः अशेष श्रेष्ठ
सदस्यः सुरेस श्रेष्ठ
सदस्यः झुलेन्द्र के सी
सदस्यः भैरब के सी
सदस्यः सुरेन्द्र भट्टराई
सदस्यः भुपेन्द्र श्रेष्ठ
सदस्यः भरत कटवाल
सदस्यः डा .भेषनाथ खनाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार