थुलुङ दुधकोशी बहुप्राविधिकका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

0 Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

प्राविधिक शिक्षा आर्जनमा सहयोग पुगोस् भन्ने हेतुले थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले ६० हजार बराबरको इन्जिनियरिङ सम्बन्धित शैक्षिक सामाग्री वितरण गरेको गाउँपालिका प्रवक्ता तथा वडा नं ९ लोखिमका वडाअध्यक्ष भुपाल सिं राईले बताए ।

सेट स्वायर, कम्पास, डिभाइटर, ड्रोइङ सिट कन्टेनर, टि स्केल लगायतका इन्जिनियरिङ सम्बन्धि सामाग्री निशुल्क वितरण गरिएको प्रवक्ता राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार