दुधकौशिका माध्यामिक विद्यालयको ४ कोठे भवन उद्घाटन

0 Shares

सोलुखुम्बु । जिल्लाको थुलुृङ दुधकोशी गाउँपालिका ८ रणेममा माध्यामिक विद्यालय भवन उद्घाटन गरिएको छ ।

सांसद हेमकुमार राई ‘सुरवीर’को प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच आरसीसी भवनको उद्घाटन गरिएका हो । दुधकौशिका माध्यामिक विद्यालय रणेम निर्माण गरेको ४ कोठे, २ तले भवन ६० लाख २० हजारको लागतमा निर्माण सम्पन्न भएको प्रधानाध्यापक यामकुमार विश्वकर्माले बताए ।

भवन निर्माण सम्पन्न भएपछि सो क्षेत्रका विद्यार्थीहरुले अध्ययनको शिलसिलामा डेढ घण्टा टाढा विद्यालय जानुपर्ने बाध्यता अन्त्य भएको प्रधानाध्यापक बिश्वकार्माले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद राईले जिल्लाको विकासको लागि लामो समयदेखि एकजुट भइ विकासमा लागि परिरहेको र आगामी दिनमा पनि विकासको काममा कम्मर कसेर लाग्ने बताए ।

यस्तै सोही कार्यक्रमका बोल्दै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले गाउँपालिका भित्र रहेका विद्यालयहरुमा आवश्यकता अनुसारको दरबन्दी व्यवस्थापन गर्न विद्यालय मर्ज गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार