लोखिममा महिला ट्रेकिङ गाईड तालिम सञ्चालन हुँदै

63 Shares

काठमाडौं । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नं. ९ लोखिममा महिला ट्रेकिङ गाईड तालिम सञ्चालन हुने भएको छ ।

महिला ट्रेकिङ गाईड तालिम सञ्चालन गर्नका लागि सोमबार नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्र्तगत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र थुलुङदुधकोशी गाउँपालिका ९ लोखिमबीच सम्झौता भएको हो ।

माघ महिनामा तालिम सञ्चालन हुनेगरी नेपाल माउण्टेन एकेडेमीका कार्यकारी निर्देशक रमनाथ ज्ञवाली र थुलुङदुधकोशी गाउँपालिका ९ लोखिमका वडाध्यक्ष भुपालसिं राईले एमओयु पत्रमा हस्ताक्षर गरेको वडाध्यक्ष राईले बताए ।

पर्वतीय पर्यटनको अध्ययन, अनुसन्धान, विकास र बिस्तार गर्ने उद्धेश्य सहित प्रतिष्ठानसँग सहकार्य गरिएको वडाध्यक्ष राईको भनाई छ । तालिममा वडाभित्रका ३० जना महिलाहरुले तालिममा सहभागिता जनाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार