१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

आङ सान सुकी र सुकी हिरासतमा,म्यानमारमा सैनिक ‘कू’, एक


१९ माघ २०७७, सोमबार  

0
Shares

काठमाडौं । म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ ।

राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।

सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिएको छ– म्यानमारको सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङ्गले हातमा लिएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ०९ बजे