नगेन्द« खत्री, अध्यक्ष .१.न वडा अरुण गाउँपालिका,भोजपुर

1.3k Shares

१.न.प्रदेशको उत्तर पहाडी जिल्ला भोजपुरको स्थानीय तहहरुमध्ये अरुण गाउँपालिका एक हो । यसै गाउँपालिका याङपाङ १.न. वडामा निर्वाचित जनप्रतिनिधि वडा अध्यक्ष नगेन्द« खत्री,निर्वाचित पश्चात पाँच वर्ष कार्यकाल भित्र वडाक्षेत्र भौतिक पूर्वाधार लगायत मानवीय आधारभूत दृष्ट्रिले वडा स्तरमा बृहत परिवर्तन गर्ने अवधारणा सहित योजनाहरु तय गरि पतिपय कार्यान्वयनमा ल्याएको र अन्य आवश्यक कार्यकाल भित्र सम्पन्न गरेरै छाड्ने दृढ्ताका दिनरात त्यहि विकास कार्यमा लागि परेका छन् । वडा अध्यक्ष खत्रीसँग सगरमाथा अनलाइनडटकमले गरेको कुराकानीको सम्पादित अंश ..


तपाई १.वडामा निर्वाचित पूर्व विकासका संरचनाहरु के कस्ता थिए ? तपाई वडामा निर्वाचित हुनु भएपछि वडावासीका निम्ति सर्वप्रथकम आधारभूत आवश्यक्ता के देख्नु भो ?

यो जगतमा मानव बाँच्नका लागि सर्वप्रथम खानेपानी,स्वास्थ्य,शिक्षा,सडक जस्ता आधारभूत संरचनाको महत्वपूर्ण भूमिका हुन्छ । यि पूर्वाधार र आधार विना मानव जीवनमा विकास र बाँच्न कल्पना पनि गर्न सकिन्न । विगतमा वडावासीका निम्ति खासै मानवीय आधारभूत संरचनाहरु थिएन, त्यसैले गर्दा यहाँका जनताले धेरै कष्ट भोग्नु परेको थियो । यिनै समस्यलाई मध्येनजर गर्दै वार्षिक योजनाहरु क्रमश तय गरि कार्यान्वयनमा ल्याउने कार्य वडाले गरेको छ । उक्त योजनाले गर्दा वर्तमान परिप्रेक्षमा वडावासीलाई धेरै सुविधा पुगेको छ ।

वडामा स्वास्थ्य क्षेत्रको सुधार तर्फ कसरी अगाडि बढ्नु भएको छ ?

वडामा स्थापित विगतका स्वास्थ्य चौकीको भौतिक संरचाना लगायतका धेरै पाटोहरुका सुधार गरेका छौं । स्वास्थ्य चौकीमा,स्वास्थ्य उपचारका निम्ति नियमित बिजुली बत्तीको आवश्यक पर्छ । त्यसको लागि स्वास्थ्य चौकीमा इन्भर्टर जडान गर्नुका साथै इन्टरनेट जडान गर्ने कार्य भएको छ । यसले गर्दा स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक र नर्सहरुलाई बिरामीको उपचार कार्यमा धेरै सहज पु¥याएको छ ।
स्वास्थ्य चौकीमा उपचारका लागि बिरामी भर्ना गर्दा,बिरामीहरुको आफन्त बस्ने,कुरुवा भवन निर्माण गरेका छौं र निर्मित भवनले बिरामी कुरुवाहरुलाई धेरै सहज भएको छ ।

वडावासीका निम्ति सडक कतिको आवश्यक देख्नु भयो र हालसम्म के कति ट्रयाक खोल्ने कार्य भयो । यसरी खोलिएको ट्रयाकले स्थानीयलाई कतिको सुविधा पुगेको छ ?
सडक विना विश्वमा विकासको परिपल्पना नै गर्न सकिन्न । याङपाङ १.न.वडावासीका प्रमुख आवश्यक्ता भने कै सडक हो । यसको मुख्य कारण हो । यो १.न.वडा गाउँपालिकाको तल्लो अरुण नदी किनरामा परेको हुनाले यस वडाका जनतालाई धेरै समस्य थियो । समान ढुवानी गर्न र स्थानीय तहमा उत्पादन गरेको तरकारी तथा फलफूल बजारसम्म पु¥याउँन । जब सडकको ट्रयाक खोल्ने कार्य वडाका सबै टोलमा सम्पन्न भयो । वडावासीको आर्थिक,सामाजिक,सांस्कृतिक स्तरमा बृहत परिवर्तन भएको छ । वडा क्षेत्रमा सडकको ट्रयाक खोल्ने कार्य निम्न अनुसार भएको छ । केउरेनी,जरायो,भैंसे हुँदै मदाने गोपेटार जोड्ने,सडक,पञ्चेदोबाटो,महेनपुर कुँडुलेघाट,डुम्रे,मालवासे लागुवा सडकसँगै १.वडा देखि गाउँपालिकाका अन्य वडाका सीमासँग सडक ट्रयाक जोड्ने कार्य सम्पन्न भएको छ ।

वडाभित्रका विद्यायलको भौतिक तथा पठन पाठन क्रियाकलापलाई कसरी सुढृत पार्ने सोच गर्नु भएको छ ?

वडाभित्रका सम्पूर्ण विद्यायलहरुमा भौतिक संरचानाहरुको मर्मत सम्भार,पुन–निर्माण गर्ने, फर्निचर अभाव भएका विद्यायलहरुमा फर्निचर जडान गर्ने कार्य भएको छ । वडाका पतिपय विद्यायलहरुमा इन्टरनेट जडान गरि वर्तमान परिप्रेक्ष अनुरुपको विद्यार्थीहरुलाई अध्यपन गराउने कार्य पनि वडाले
योजनामा नै राखेर कार्यान्वयन गर्दै आएको छ ।
वडाक्षेत्रका जेष्ठ नागरिकहरु अपहेलनामा परेका छन् कि छैनन् साथै संविधाने व्यवस्था गरे अनुरुपको सेवा सुविधा के वडाले उपलब्ध गराउन सफल भएको छ ?

निर्वाचित भएपश्चात १.न.वडाका जेष्ठ नगारिकहरुको लगत संङ्कलन गर्ने कार्य भयो र नेपालको संविधान वि.स.२०७२ र नेपाल सरकार महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले व्यवस्था गरे अनुरुपको भत्ता आव.व को प्रत्येक सुरुवाटी समयमा नै प्रदान गर्ने गरेका छौं र वडाका जेष्ठ नागरिकहरुको मनोबल उच्च राख्ने हेतुले वर्षमा एक पटक सम्मान गर्ने र अशक्तहरुलाई लठ्ठी टर्चलाइट,तातो पानी पिउँने थर्मश वडाले वितरण्ना गर्दै आएको छ । यस्तो कार्यले गर्दा जेष्ठ नागरिहरुलाई सहज भएको छ । म भन्न चाहन्छु । मलाई लाग्छ मेरो वडाका जेष्ठ नागरिकहरु हक–अधिकारबाट वञ्चित हुनु परेको छैन जस्तो लाग्छ परेका खण्डमा सोझै वडा कार्यालयमा उजुरी गर्न आए हुन्छ । ति समस्यको समाधन र न्याय दिलाउन सदा,सर्वदा वडा तत्पर छ ।

लैङ्गगीक हिंसा न्युनिकरण र लक्षित वर्ग तथा महिला हक अधिकार सम्बन्धमा के कस्ता कार्यक्रम संचालन गर्दै आउँनु भएको छ ?
वडाक्षेत्रमा महिला सशक्तीकरण र महिला हिंसा न्यूनिकरण सम्बन्धमा जागरण कार्यक्रम नै सञ्चालन गरिएको छ । वडाक्षेत्रमा महिला हिंसा विरुद्धमा विभिन्न सचेतना तालिम गोष्ठी, सभासम्मेलन साथै महिलाहरुलाई, सो सम्बन्धमा ताािलम दिने वा सञ्चालन गर्ने कार्यक्रम वडाले सञ्चालन गर्दै आएको छ । यसै अन्तर्गत वडाभित्रका महिलाहरु गर्भवती भई बच्चा जन्मनु अगाडिको समयमा दुई पटक निशुल्क भिडियो एकसरे गर्ने व्यवस्था वडाले गरेको छ । र आमा समूह एकीकृत कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं ।

वडाभित्रका किशोर किशोरी र बालबालिकाहरुको मनोबल उच्च राख्न र सहिमार्गमा दिशा–निर्देश गर्न वडाले के कस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ?
किशोर किशोरीहरुलाई शिक्षा र स्वास्थ्य तर्फ सचेत गराउन मानव जीवनमा शिक्षाको महत्व साथै स्वास्थ्य र सरसफाई सम्बन्धमा जनचेतना जागृत गर्न बालविवाह प्रति सचेत रहन तालिम सञ्चालन, सफा र सुरक्षित रहन,किशोरीहरुलाई सेनेटरी प्याड वितरण गर्ने जस्ता कार्यक्रम वडाक्षेत्रमा निरन्तरता दिएका छौं ।

तपाईको वडाक्षेत्रका दलितहरुको जीविकोपार्जनका लागि के कस्ता कार्यक्रमहरु वितरण वा ल्याउनु भएको छ ? यस्तो कार्यक्रमले वहाँहरुको समस्यलाई सम्बोधन गरेको छ ?

१.न.वडाका निम्न आय भएका र असाह्य दलितहरुको छनोट गरि उनीहरुको जीविकोपार्जनका लागि बंङगुर पालन तालिम साथै तालिम पश्चात अनुदानमा बङगुर पाठो वितरण गर्ने कार्य वडाले गर्दै आएको छ । वडाले ल्याएको यस्तो कार्यक्रमले अवश्य दलितहरुको जीवन उत्थान हुने.विश्वस गरेका छौं ।

१.न.वडाका असाह्य र अपाङ्गहरुको हक–हितका निम्ति वडाले कस्तो कार्यक्रमहरु सञ्चालन र कार्यान्वयन गर्दै आएको छ ?

हामीले अपाङ्ग भनेर विभेदकारी ढङ्गले ति व्यक्तिहरुलाई हेर्न हुन्न । कारण एउटामात्र हो वहाँहरुमा फरक क्षमता हुन्छ । मेरो वडाभित्रका अपाङ्गहरुको क्षमताको मूल्याङ्कन र शारिरीक बनोट सम्पूर्ण प्रतिभालाई मनन् गरि,सो अनुसारको तालिम्मा सहभागी गराउँने, जस्तै बङगुर, बाख्रा पालन गर्न सक्ने क्षमता भएकाहरुलाई तालिम्मा सहभागी गराई,सो पेशा गर्न दक्ष बनाइ बङ्गगुर र बाख्रा पाठो अनुदानमा वितरण गर्ने कार्य वडाले योजनामै समावेश गरि कार्यान्वयन गर्दै आएको छ । त्यसैकारणले मेरो वडाभित्रका अपाङ्गहरु अवसरबाट वञ्चित हुनु परेको छैन भन्ने वडामा निर्वाचित जनप्रतिनिधिले ठोकुवा गर्न सक्छन् ।

याङपाङ १.न. वडाक्षेत्र ऐतिहासिक,पूरातात्विक,धार्मिक तथा पर्यटकीय सम्भावनाका स्थलहरु कतिका छन् साथै यस्तो महत्वपूर्ण आर्थिक स्रोतका आधारहरुको संरक्षण, प्रवद्र्धन गर्न वडाले कस्तो योजनाहरु अगाडि बढाएको छ ?


अरुण गाउँपालिका १.न.वडा याङपाङ यो एउटा ऐतिहासिक महत्व बोकेको स्थल हो । पृथ्बी नारायण शाहले नेपाल एकीकरण गर्ने समयमा यहाँ किराँती राजाको राज्य थियो । त्यसको अझै भग्नाशेषहरु पेल्सिङ्ग गढीमा देख्न सकिन्छ । यो याङपाङ क्षेत्रमा प्रशस्तमात्रमा धार्मिक,ऐतिहासिक पूरातात्विक र पर्यटकीय सम्भावना बोकेका स्थलहरु छन् । यस्तो क्षेत्रको विकास साथै पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन र संरक्षण गर्नका निम्ति बृहत अवधारणा तय गरि, गाउँपालिका,प्रदेश हुँदै केन्द« सरकार समक्ष प्रस्ताव पुराएको छु । र यो क्षेत्रलाई बृहत पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य अनुरुप लागि परेका छौं ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार