१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्बको सुनिश्चितता


२७ माघ २०७७, मंगलबार  

21
Shares

काठमाडौं । अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको उनले बताए ।

मन्त्री पौडेलका अनुसार सरकारले खर्च नहुने आयोजनाको रकम काटेर निर्वाचन खर्च जुटाउन लागेको छ । निर्वाचन खर्च मितव्ययी बनाइने समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १२ : ०८ बजे