शिर्षक प्रधानमन्त्रीलाई आर सी अधिकारीको खुला पत्र

28 Shares

आर सी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र २०७४ साल फाल्गुन १० गते लेखेका थिए । उनले लेखेको खुला पत्र समय सान्दर्भिक भएकाले जस्ताको त्यस्तै प्रस्तुत गरेका छौँ ।आदरणीय केपी कमरेड न्यायो अभिवादन ।

सर्वप्रथम संघीय गणतान्त्रिक संविधान अन्तर्गतको पहिलो संघीय चुनावबाट मुलुकको ४१औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना १

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान वमोजिम तपाई यत्तिवेला प्रधानमन्त्रीको उच्च र गरिमामय पदमा विराजमान हुनुभएको छ । यो नेपालीका लागि खुशी र गौरवको क्षण हो ।

यो ऐतिहासिक सफलतासँगै तपाईको काँधमा ठूलो जीम्मेवारी पनि आएको छ । यत्तिवेला तपाईबाट देश र जनताले ठूलो आशा, अपेक्षा र भरोसा गरेको छन् । त्यसैले आजैदेखि तपाईलाई अवसर भन्दा पनि विशाल देखिने चुनौतीका पहाडहरुले घेराबन्दीमा पार्दैछन् । मलाई विश्वास छ तपाई ती चुनौतीका पहाडहरुसँग जुध्न आफ्नो काँधलाई अझ वलियो बनाउँदै अघि बढ्नु हुनेछ । केपी कमरेडले, अब व्यक्ति, परिवार, नाताकुटुम्ब, पार्टी, साथीभाइ, सत्ता, स्वार्थ, सम्पत्ति जस्ता स्वार्थका साङ्लाहरुलाई चुडाउँदै नेपाल र नेपाली जनताको समृद्धिको सपनालाई उच्च महत्व दिनुहुनेछ, भन्ने नेपाली जनताले विश्वास लिइएका छन् ।

मुलुक संघीयतामा प्रवेश गरेसँगै अब सघीयताको आधारमा सत्ता सञ्चालन हुँदैछ, जुन हाम्रा लागि एकदमै नयाँ अनुभव हो । संघीयतामा आधारित रहि मुलुक सञ्चालनका क्रममा आईपर्ने कानूनी जटिलता, भौगोलिक चुनौती, जनसंख्या, साँस्कृतिक विविधता, विकास र समृद्धिका आधार, प्राकृतिक श्रोतसाधनहरुको उपयोग र वाँडफाँड, कर्मचारीतन्त्रसँगको समन्वय, अर्थ व्यवस्थापन, दक्ष जनशक्ति, सत्ता समिकरण, पदीय भागवण्डा, जनतामा वर्षौदेखि गुम्सिएर बसेको नयाँ नेपालको सुनौलो सपना जस्ता दर्जर्नौ विषयहरु तपाईको कार्यकालका महत्वपूर्ण चुनौतीहरु हुन् । तपाईले प्रधानमन्त्री पदको सपथ ग्रहण लिदै गर्दा तपाईलाई प्रत्यक्ष भेटेर बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिन भौतिक रुपमा असमर्थ भएकोले यो लोकप्रिय अनलाईन पत्रिकाको माध्यमबाट तपाईलाई शुभकामना दिंदै केही जिज्ञासाहरु कोर्दैछु । मलाई विश्वास छ तपाईको अत्यन्त व्यस्त कार्यतालिका बीचमा पनि यस पत्रले स्थान पाउनेछ ।

१० शिक्षा र स्वास्थ राज्यबाट संचालित हुनु पर्ने तर व्यवसायी धन्धाका रूपमा सञ्चालन भएका छ्न यसलाई सुधार गर्ने के के योजना ल्याउनु भएको छ रु

२। जुन जनताले उधोग र व्यवसाय सञ्चालन गर्नु पर्ने हो त्यो चाहिँ राज्यले सञ्चालन गरि उल्टो बाटो हिडेर कैले सम्म समृद्धि मुलुक हुन्छ रु

३। तपाईंले निर्वाचनको समयमा बारम्बार भन्ने गर्नुभएको समृद्ध मुलुक कस्तो बनाउने हो रु

४। उर्जाशिल युवाहरुका लागि कस्तो रणनीति बनाउनु भएको छ रु

५। संघीय शासनको अनुभूति जनतालाई दिलाउन तपाई के कस्ता कार्यक्रमहरु ल्याउँदै हुनुहुन्छ रु

४। देशमा समुुन्नतीसँग अन्योन्याश्रित सम्बन्ध राख्ने कृषि, पर्यटन, जलश्रोत र उद्योग स्थापना जस्ता पक्षको विकासको लागि तपाई कस्ता योजनाहरु तयार पार्दै हुनुहुन्छ रु

५। चीन र भारत जस्ता विकासका हिसाबले द्रुततगतिमा अघि बढिरहेका छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध कसरी जोड्न खोज्दै हुनुहुन्छ रु

६। तपाईले निर्वाचनको समयमा पटक पटक कृषि क्षेत्रको आधुनिकिकरण बारे बोल्नु भएको छ । पहाडी जिल्लाहरुमा विकासको अभावमा तिब्र बसाई सराईले यस क्षेत्रका खेती योग्य जमिनहरु क्रंक्रिटमा परिणत हुँदैछन् । अव्यवस्थित बसाई सराई र जथाभावी भवन निर्माण गर्ने परम्परागत चलनले हाम्रा अन्न भण्डारहरु एकपछि अर्को गर्दै मरुभूमिमा बन्दैछन् । हाम्रा कृषि भूमिहरु यसै गरि मासिदै जाने हो भने तपाई कुन ठाउँमा कृषि क्षेत्रको आधुनिकिरण गर्नु हुन्छ रु कृषि क्षेत्रमाथि भैरहेको यो मनपरी रोक्न तपाई कस्ता नीतिहरु तर्जुमा गर्दैहुनुहुन्छ रु

७। व्यवस्थित शहर निर्माण र आवास क्षेत्रको स्थापना सम्बन्धि तपाईको रणनीति के हो रु

८। सडक निर्माणका क्रममा सरकारसँग आवश्यक रकम लिई गुणस्तरहीन सडक निर्माण गर्ने निर्माण कम्पनी, ठेकेदारहरु साथै उनीहरुसँग मिलेमतो गर्ने कर्मचारीहरुलाई के कारवाही गर्नुहुन्छ रु

९। राजनैतिक पार्टी र नेताको आडमा जनताले तिरेको करबाट तलव खाएर जनतालाई नै हप्काउने, नापी, मालपोल, अदालत, भन्सार, अध्यागमन, जिल्ला प्रशासन, इलाका प्रशासन, अस्पताल आदिमा कार्यरत भ्रष्ट कर्मचारीलाई तपाई कस्तो व्यवहार गर्नुहुन्छ रु

१०। आगामी दिनमा २ नम्बर प्रदेशबाहेकका ६ वटा प्रदेश र केन्द्रमा पनि वाम गठबन्धनका सरकार बन्दै छन् । त्यसैले पनि संघीयता कार्यान्वयनका सन्दर्भमा गठबन्धनका तर्फबाट निश्चित आधार र मापदण्डहरू के के छ्न रु

 

 

१। गाउँ–गाउँसम्म सडक पुर्‍याएर त्यसबाट मोटर गुड्दैमा र मान्छे हिँड्दैमा गाउँघरको विकास हुने होइन । ती सडकबाट त स्थानीय उत्पादनलाई पनि हिँडाउन सक्नुपर्छ ।

२। विकास र समृद्धि लेखेर मात्रै आउँदैन । अब बहुमत प्राप्त सरकारले काम गर्ने बेला हो ।

३। आर्थिक समृद्धिको बुझाइ फरक–फरक हुनसक्छ । सामान्यतया, देशका सबै मानिसले सहज र उच्च स्तरको जीवनस्तर हासिल गर्नसक्ने अवस्थालाई आर्थिक समृद्धि भन्न सकिन्छ । यसका लागि मानिसहरूले सहजै रोजगारी पाई पर्याप्त आम्दानी गरेर सुरक्षित रूपमा गुणात्मक जीवन जिउन पाउने अवस्था हुनुपर्छ । सहज ढंगले सरकारी सेवा र शिक्षा, स्वास्थ्य, खानेपानी तथा भौतिक पूर्वाधारजस्ता आधारभूत आवश्यकताका कुरा सर्वसुलभ हुनुपर्छ । आर्थिक समृद्धिले भौतिक विकासमात्र होइन, भेदभावरहित सामाजिक मेलमिलाप, सहयोग,
सद्भाव र समान अवसरलाई पनि इंगित गर्छ । यस किसिमको आर्थिक समृद्धि हासिल गर्न नेपालको सन्दर्भमा थुप्रै अड्चन तथा तगाराहरू रहेका छन्, जसलाई नहटाई आर्थिक समृद्धि सहजै हासिल हुनसक्ने देखिँदैन । यस्ता तगाराहरू पन्छाउन अथवा हटाउन सकियो भनेमात्र समृद्ध र सम्मुन्नत नेपाल हासिल गर्न सकिनेछ ।

४। दलहरूले आर्थिक समृद्धिको कुरा गरे पनि विपक्ष दलले गरेको कुरा स्वीकार्न नसक्ने र आर्थिक समृद्धिको कार्यमा समर्थन र सहयोग नगर्ने प्रवृत्ति रहेको छ । सरकारको विपक्षमा रहँदा समृद्धिका काममा भाँजो हाल्नुलाई सफलता ठानिन्छ र रु

५। व्याप्त भ्रष्टाचारी प्रवृत्ति । जनसेवा हुने सरकारी कार्यालयहरूमा प्रायस् दलालहरूको विगविगी रहेको हुन्छ । घुस नलिई गर्नुपर्ने काम पनि सहज ढंगले हुँदैन । उपभोगवादले समाज ग्रसित हुँदै गएकोले गैरकानुनी ढंगले अर्थ आर्जनमा केही कर्मचारी लगायतका पदाधिकारीहरू लागेको पाइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रायस् दैनिकजसो रंगेहात समात्दा पनि भ्रष्टाचारी प्रवृत्ति रोकिएको देखिँदैन । भ्रष्टाचारी प्रवृत्तिले गर्दा नै विकासका आयोजनाहरूको गुणस्तरीयता कायम हुनसकेको छैन भने समयमा सम्पन्न हुँदैन ।

६। नेपाली समाजमा धेरै हदसम्म नकारात्मक सोचको प्रबलता रहेको देखिन्छ । सञ्चार माध्यमहरूले पनि नकारात्मक समाचारहरूलाई बढी जोड दिने गरेको पाइन्छ । श्रम र उद्यमीहरूको सफलताका समाचार कमै बन्छन् । तर नकारात्मक समाचारहरूले प्रमुख पृष्ठ ओगट्ने गर्छन् । यसले गर्दा मानिसको सोच नै नकारात्मक गराउन सहयोग पुग्छ ।

७। प्रदेश र संघीय गरी तीनै तहका सरकारहरूबीच पर्याप्त र कसिलो समन्वय हुन सकेन भने यसले समस्या निम्त्याउन सक्छ । हामीले केवल मुख्यमन्त्री र मन्त्रीहरू बनाउने, कार्यालय, कर्मचारी व्यवस्थापन गर्ने, गाडी चढ्ने र केन्द्रले सम्पादन गर्दै आएजस्तै सामान्य काममै अल्झिने हो भने संघीयताको व्यावहारिक कार्यान्वयन सम्भव हुँदैन । त्यसैले पनि तीन तहका सरकारबीच राजनीतिक तह र संविधानमा व्यवस्था भएअनुरूप समन्वयको अत्यन्त ठूलो खाँचो छ ।

अन्तमा पुनः एक पटक यहाँलाई सफल कार्यकालको लागि हार्दिक शुभकामना साथ लाल अभिवादन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार