४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

माधव नेपाल र खनाल पक्षलाई सम्मानजनक व्यवहार हुन्छ नेम्वाङ


२६ फाल्गुन २०७७, बुधबार  

0
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई पार्टीमा सम्मानजनक व्यवहार गर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल–खनाल पक्षप्रति कडा टिप्पणी सार्वजनिक गर्दै आएका बेला नेम्वाङले भने सम्मानजनक ढंगले व्यवहार गर्ने बताएका हुन् ।

बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले भने, ‘उहाँहरुलाई सम्मानजनक ढंगले व्यवहार हुन्छ ।’

Sagarmatha

प्रेस सल्लाहकार थापाको टिप्पणीबारे राखिएको जिज्ञासामा नेम्वाङले थपे, ‘त्योचाहिँ प्रेस सल्लाहकारजीलाई गएर सोध्नुस् ।’

संसद विघटन गर्ने ओलीको कदमप्रति विरोध जनाउँदै नेपाल–खनालसहित उनी पक्षीय नेताहरु प्रचण्ड खेमामा रहेर सरकारविरुद्ध आन्दोलन गरेका थिए ।

तर नेकपाको एकीकरण सर्वोच्च अदालतले बदर गर्दै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि नेपाल–खनाल पक्षका नेताहरुले एमालेमै रहने निर्णय गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ९ : ११ बजे