काठमाडौं । नेपालका गढी–किल्ला दर्पण,सैनिक इतिहास र मिल्टेरी हिष्ट्रि एण्ड ह्यारिटेज नामक दुई पुस्तकको एक साथ लोकार्पण भएको हो । सो पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि,नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द« थापाले आर्मिअफिसर क्लबमा आयोजित एक समारोहमा लोकार्पण गरेका हुन् ।

उक्त पुस्तकका लेखक अ.प्रा.सहायक रथी डा.प्रेम सिंह बस्न्यात हुन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति पूर्णचन्द« थापाले,नेपाल र नेपाली सेनाको इतिहासको ठोस संरक्षण र प्रवद्र्धन प्रति पु¥याएको योगदान लेखक अ.प्रा.सहाय रथी डा.प्रेम सिंह बस्न्यातको पुस्तक एउटा उदाहरणीय र प्रशंसनीय कार्य भएको बताए । सो प्रकाशित नेपालका गढी–किल्ला दर्पण,सैनिक इतिहास र मिल्टेरी हिष्ट्रि एण्ड ह्यारिटेज पुस्तकका समिक्षा,प्रा डा धन बहादुर कुवाँर,निरञ्जन बस्न्यात,सौरब जस्ता विज्ञ ज्ञताहरुले समिक्षा गरेका थिए ।
सो पुस्तकका लेखक डा प्रेम सिंह बस्न्यातले पुस्तक तयारीका सिसिलामा स्थलगत अध्ययन,अनुसन्धान गर्ने क्रममा ऐतिहासिक किल्ला र गढीहरुको पुन–निर्माण र संरक्षण गर्ने कार्य गरिंदा त्यस्ता,किल्ला र गढीहरुको ऐतिहासिक,पूरातात्विक महत्वलाई नष्ट पार्ने कार्य भएको,सो सम्बन्धमा सम्बन्धित निकायले यथाशीघ्र ध्यान केन्दि«त गर्नु पर्ने अन्यथा यस्तो ऐतिहासिक महत्वका सम्पदाको अस्तित्व समाप्त भएर जाने ध्यानकार्षण गराए । सो कार्यक्रमको आयोजना श्रीपाली बस्न्यात सेवा समाजले गरेको हो ।

पुस्तक लोकार्पण फोटो फिचर: फोटो लोकचन्द« थापा











