सेनामाथि आक्रमण गर्ने म्यानमारका विद्रोहीको चेतावनी

56 Shares

काठमाडौं । म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोही समुहले प्रदर्शनकारीमाथिको दमन नरोके सेनामाथि आक्रमण गर्ने चेतावनी दिएका छन् । टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्माी र अराकान आर्मीले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै दमन जारी राखे प्रदर्शनकारीसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने बताएका हुन् ।

एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स ९एएपीपी०का अनुसार म्यानमारमा सैन्य कूको विरुद्धमा भइरहेको प्रदर्शनमा अहिलेसम्म ५१० प्रदर्शनकारीको मृत्यु भइसकेको छ । गत शनिबार एकैदिन म्यानमारमा १४१ प्रदर्शनकारी मारिएका थिए ।

प्रदर्शनकारीमाथि सेनाले निर्मम तरिकाले गोली चलाउन थालेसँगै आन्दोलनमा सहभागी प्रमुख समूह जनरल स्ट्राइक कमिटि अफ नेशनलिटिजले धार्मिक अल्पसंख्यक समुदायका समूहलाई सेनाविरुद्ध उभिन आग्रह गरेको थियो ।

यता, थाइल्याण्डले पनि म्यानमारको सेनालाई मुलुकमा भइरहेको हिंसा कम गर्न आग्रह गरेको छ । मंगलबार स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै विदेशमन्त्री डोङ प्रमुद्विनइले म्यानमारको सेनालाई यस्तो आग्रह गरेका हुन् । साथै थाइल्याण्डले म्यानमारबाट भागेर आफ्नो मुलुकमा आएका शरणार्थीलाई पनि फिर्ता पठाउन अस्वीकार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार