२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

खुम्बु पासाङल्हामु गाउँपालिका वडा ४ खुम्जुङमा तयार भयो १६ बेडको आईसोलेसन


७ जेष्ठ २०७८, शुक्रबार  

364
Shares

सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) नयाँ भेरियन्टका बिरामीहरुलाई सुरक्षित रुपमा राखी उपचार गर्न खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं. ४ स्थित खुम्जुङमा १६ बेडको आईसोलेसन सेन्टर तयार गरिएको छ ।

कोरोना संक्रमणको नयाँ भेरियन्टको संक्रमित बढेसँगै अक्सिजन र कन्सनटेटर सहितको १६ बेडको आईसोलेसन तयार गरिएको वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए ।

समस्यामा परेका मजदुर तथा पर्यटकहरुलाई मध्यनजर गर्दै आईसोलेसन तयार गरिएको वडा अध्यक्ष अधिकारीले बताए । अध्यक्ष अधिकारीका अनुसार काठमाण्डौबाट आउनेहरुलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ, भने माथिल्लो क्षेत्रबाट फर्किएका भरियाहरुमा हुन सक्ने संक्रमणलाई मध्यनजर गदै आईसोलेसन निर्माण गरिएको हो ।

Sagarmatha

आईसोलेसनमा १५ वटा अक्सिजन र ७ वटा कन्सन्टेटर तयारी अवस्थामा राखिएको वडा अध्यक्षले बताए । सम्भावित परिस्थितीलाई ख्याल गर्दै वडामा करिब एक सय वटाको हाराहारीमा अक्सिजन सिलिण्डरको पनि जोहो गरेको अध्यक्ष अधिकारीले बताए ।

यो पनि पढ्नुहोस

सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  २ : २६ बजे