बौद्ध साधकका लागी जीवन, रोगव्यधि र मृत्यु

  गिताबहादुर श्रेष्ठ

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मानिसहरुले ज्यान गुमाइ रहनु परेको छ । यो महामारिले सारा विश्वलाई असर पारिरहेको छ । नेपालको लगभग सबै जिल्लाहरुमा निषेधाज्ञा लागु गरिएको छ । तपाई हामी पनि सजक भएका छौ । घर भित्र नै बसेर एक अर्कालाई सहयोग गरिरहेका छौ । महामारिबाट बच्ने यहि नै उत्तम तरिका हो ।

दिनभरी घर भित्र बस्नुपर्दा आर्थिक एवं सामाजिक कृयाकलापमा सामेल हुन सकिरहेका छैनौ । मानसिक रुपमा पनि धेरैनै असर परेको देखिन्छ । दिनभरी दैनिक क्रियाकलापमा लाग्ने यो मनले अहिले काम पाइरहेको छैन । जव यसले काम पाउन छाड्छ त्यसपछि नचाहिने काममा मन लाग्ने गर्दछ । यसको फलस्वरुप मानसिक समस्याहरु आएको धेरैनै सुनिन्छ ।

लेखक: गिताबहादुर श्रेष्ठ

कोरोनाको कारणले मानिसहरुमा धेरै मात्रामा डर र त्रास बोकेर बस्नु परेको अवस्था रहेको छ । यसले गर्दा मानिसमा नकरात्मक धारणाहरुको विकाश भई रहेको पाइन्छ । के गरौ, कसो गरौ, कहा जाउ भन्ने किसिमको भावनाहरु आइरहन्छ । चिटचिटापन, नियास्रो, एक्लोपन, अल्छि लाग्ने जस्ता नकरात्मक पक्षहरु नजानिदो तरिकाले बिकाश भइ रहेको छ ।

यो लेखको आशय यो कोरोना जस्ता संक्रमणकालिन अवस्थालाई बौद्ध साधकहरु कसरी समाधानको मार्ग खोग्दछन र आफ्नो मनलाई दुषित हुनबाट बचाउछन भन्ने कुरालाई समेट्ने प्रयास गर्ने छु ।

आम मानिसहरुको लागी मानसिक शान्ति र खुसी सबैभन्दा महत्वपुर्ण हुन्छ । क्षणिक सुख र शान्ति भन्दा पनि बौद्ध साधकहरुले परम सुख र शान्तिको महान लक्ष्य राखेका हुन्छ र यो उदेश्य प्राप्तीका लागी ध्यान गर्छन् । त्यस्तै महायान बौद्ध मार्गीहरुको त मुख्य लक्ष्य नै कसरी आफु र जगतका प्राणीहरुमा खुसी र शान्ती ल्याउन सहयोग गर्न सकिन्छ भन्ने हुन्छ।

बौद्ध अध्यासीहरु मननै सबैथोक हो भन्ने गर्छन । यो मननै डर, त्रास वा खुसीको प्रमुख कारण ठान्दछन् । यो मनको ब्यबस्थापन गर्न नसक्नुलाई दुःखको कारण मान्दछ । त्यसैले सुख वा आनन्द वा खुसि बाहिर खोज्नु भन्दा पनि आफुनो मन भित्र खोज्ने अध्यास गर्छन । बाह्य बातावरण बाधक भन्नु भन्दा पनि ति बातावरणलाई हेर्ने सुद्ध मनको बिकाशमा साधकहरु लागी पर्छन । त्यसैले यो मनलाई सधै सुद्ध राख्न ध्यान र अध्यास गर्ने गर्दछ । अहिले संसारभर फैलिएको यो कोरोना माहामारी जस्तो रोगबाट मन बिचल्लित होला भनि सधै होसियार तथा सजक हुन्छन् । यदि उनिहरुमा त्यस्तो नकरात्मक धारणाहरु मनमा आएमा तुरुन्तै सकरात्मक धारणाले प्रतिस्थापनका उपायहरु खोज्दन जसले गर्दा हाम्रो यो मन भड्कन पाउदैन ।

बौद्ध मार्गीहरु एक्लै बस्न पाउनुलाई अबसरको रुपमा लिन्छन । लोभ, घृणा र अज्ञानतानै दुखको मुल कारण हो या भनौ यी तिन कुराले नै यो लोकमा रहुन्जेल वा मृत्युपश्चात पनि दुखमा फसिने कारण बन्दछ । यी त्रिबिषले गर्दा नै यी दूःखबाट मुक्ति मिल्दैन भन्ने बौद्ध मार्गीहरुको बिश्वास हुन्छ ।

पारिवारिक जीवनमा हुदा लोभ नगरे त कहा हुन्छ र भन्ने मत पनि समाजमा बलियो हुन्छ । तर आबश्यक भन्दा बढी लोभ गर्दा मानिसको मनलाई दुःखी बनाउछ भन्ने कुरामा त दुइमत नहोला । त्यस्तै घृणाले त कसैलाई पनि फाइदा होला भन्ने त मलाई लाग्दैन । बौद्ध ध्यानीहरु यी माथीको तिन कुरालाई मध्यनजर राखेर ध्यान गर्ने गर्दछ।

वर्तमान कोरोना कहरको समयमा तपाई हामीले पनि बौद्ध साधकहरुले जस्तै यो मानिसको अमुल्य जीवनलाई यो महामारीबाट बचाउनु मेरो कर्तब्य हो र यदि म बाचे भने धेरै भन्दा धेरै मानिसहरुलाई सहयोग गर्न सक्छु भन्ने बोधिभाव मनमा ल्याएमा यो मानव जीवनको अर्थलाई अझ फराकिलो पार्न सक्नुहुनेछ । यो किसिमको भावना मनमा विकास गर्दा लोभ, घृणा र अज्ञानको मात्रा बिस्तारै कम हुदै जाने हुन्छ ।
बौद्ध मार्गीहरु जीवन जन्म जन्मान्तर चलिरहन्छ भन्ने बिश्वास गर्छन । स्पस्ट भन्नु पर्दा पुनः जन्ममा बिश्वास गर्दछ । मृत्यु पश्चात शरिरले यो संसार छोडेपनि चित्त वा बुझ्ने भाषामा मन चाहि नया जीवनको खोजिमा हुन्छ । त्यसैले हिमाली बौद्ध मार्गीहरुमा ४९ दिनसम्म मृत्युसंस्कार गर्ने गर्दछ । यसको तात्पर्य के हो भने मानिसको मृत्युपश्चात नया जन्म लिनको लागी कम्तीमा ३ दिन र अधिकतम ४९ दिनसम्म लाग्छ भन्ने बिश्वास गरिन्छ । एक मानिस अध्यासको माध्यमबाट जव बुद्ध वा संयक संबुद्ध बन्दछ, त्यसपछि मात्र यो जीवन र मृत्युको दुःखबाट पार पाउदछ भन्ने बिश्वास गर्दछ । त्यसैले बौद्धमार्गीहरुले जन्म, बिरामी र मृत्युलाई एक जीवनको यात्राको रुपमा लिने गर्दछ र सहर्ष स्वीकार गर्दछ।

मृत्यु जीवनको अन्त्य नभई यात्राको एक अंश मात्र भएको बिश्वास गर्छन । जसरी एक यात्री बास बसेर त्यो घर छाडी अर्को दिनको यात्रामा निस्कन्छ । हरेक रात नयां ठाउमा बास बस्न पुग्छ र फेरी त्यो ठाउ पनि छोड्छ । त्यसैगरि बुद्ध बन्ने उदेश्यका साथ हिडेको यो जीवनको यात्रा यो मनुस्य चोलामै यात्रा सकिएको मान्दैन् । अनेकौ जीवन पश्चात मात्र बुद्ध क्षेत्रमा पुग्ने वा बुद्ध बन्ने कुरामा बौद्ध मार्गीहरु बिश्वास गर्छन । त्यसैले बौद्ध मार्गीहरु मृत्युदेखी डराएर कांतर बन्नु भन्दा पनि त्यसलाई स्वीकार गरेर अनन्त यात्रामा अघि बड्दछन ।

बरु यो जीवन र मृत्युको यात्रालाई सहज बनाउन बिभिन्न उपायहरु प्रयोग गर्छन । यति लामो यात्राको तयारी गर्छन । मर्नेबेला शान्तीपुर्ण तरिकाले यो जीवनबाट नया जीवनमा जाने बिधिको प्रयोग गर्छन । रत्तश्री गुरु सधै भन्ने गर्नुहुन्छ कि जसरी अमेरीका जादा महिनौ देखी तयारी गछौ, त्यो भन्दा बढि मृत्युका यात्राको लागी तयारी गरिनु पर्दछ । नत्र यात्रा पिडादायी हुन्छ । तिब्बती बौद्ध मार्गीहरु मृत्युको तयारी स्वरुप अन्तरभव, फोवा, जस्ता अध्यासहरु गर्दछ । अमिताभ बुद्ध क्षेत्र, सुखावती लोकको कामना गर्दछन् र शान्तिपुर्ण मृत्युको अभ्यास, जप, ध्यान आदि गर्छन ।

बौद मार्गीहरु मानव जीवन पाउनु अतिनै दुर्लभ मान्दछन । समुद्रको पिधमा रहेको एक अन्धा कछुवा बिसाल समुन्द्रमा राखिएको जुवाको प्वालमा टाउको छिराउन आइपुग्ने संभावना जति नै कम छ मानव जीवन पाउने संम्भावना त्यो भन्दा पनि कम हुन्छ भनी शान्तिदेवले बोधिचर्यावतारमा लेख्नु भएको छ । त्यसैले यो मानव जीवन अतिनै अमुल्य छ र यसलाई हेरचाह गर्नु हाम्रो कर्तब्य हो । यो मानव जीवनलाई प्रयोग गरेर बुद्धत्व मार्गमा जति हिड्न सक्यो त्यतिनै बुद्ध बन्ने संभावना हुन्छ । किनकी अन्य देव, पशु, असुर, प्रत जस्ता लोकमा जन्मेको प्राणीहरुले मानिसले जस्तो राम्रो या नराम्रो छुट्याउन सक्दैन र धर्मको अध्यास गर्न सक्दैन् ।

एक सच्चा बौद्ध मार्गीहरुले यो मानव जीवनलाई करुणा र प्रज्ञा बिकाश गर्नमा खर्च गर्दछ। एक क्षण पनि खेर फाल्नु दिदैनन्। जीवनको हरेक क्रिया कलापहरुमा प्राण्ािहरुलाई कसरी धेरै भन्दा धेरै सहयोग गर्न सकिन्छ भनी सोच्ने गर्दछ। ज्ञानले युक्त मन कसरी बनाउन सकिन्छ भन्ने हुन्छ। यस प्रकारको चित्तलाईनै बोधिचित्त भनेर भनिन्छ। त्यस्तो गुण भएको मानिसलाई बोधिसत्व भन्ने गरिन्छ।

करुणा, मैत्रि, मुदिता र उपेक्षा आदिको अध्यासमा बोधिसत्वहरु लागी रहन्छन्। यहा करुणा भन्नाले दया भाव, मैत्री भन्ने मित्रवत भाव, मुदिता भन्नाले अरुको खुसीमा आफु पनि खुसि हुने र उपेक्षा भन्नाले सबै प्राणीहरुलाई समान रुपमा हेर्न सक्ने हुनु हो ।

बौद्ध गोन्पाहरुमा लामाहरु के गर्छन भन्ने कुरा कतिलाई खुल्दुली लागेको हुन सक्छ जुन कुरा मलाई पनि धेरै पहिला लाग्दथ्यो। गोन्पामा लामाहरु ध्यानमा लागी परेर लागेका हुन्छन् । ध्यान भन्नाले के के गर्छन भन्ने खुलदुली हुन सक्छ । हम्रो शरिरलाई स्वस्थ राख्न उचित मात्रामा खाना चाहे जस्तै हाम्रो दिमाग, मनलाई पनि खाना दिनु पर्ने हुन्छ। दिमागको खाना भनेकै ध्यान हो। ध्यानाको माध्यमबाट शान्ति मिल्छ। लामा गुरुहरु यही परम शान्ती प्राप्त गर्ने मार्गको ध्यान गर्दछ । उनिहरुको अन्तिम उदेश्य अर्हत वा बुद्ध बन्ने हुन्छ ।

मनलाई एकाग्रतामा ल्याउन ध्यान गरिन्छ। ध्यानको सहायताले मनमा उठेका सकरात्मक वा नकरात्मक जे जस्तो भावनाहरु आउछन त्यसलाई हेरेर ति भावनाको ब्यवस्थापन गर्न सकिन्छ । हामी साधाहरण मानीस र ध्यानीहरुमा यहि फरक हो कि हामी साधाहरण मानिसहरु मनमा उठेका नकरात्मक भावनाहरु जस्तै, रिस, लोभ, इश्र्या आदि आउछ भने ति कुराहरुमा कडा प्रतिक्रिया जनाइछ । रिस उठेमा झगडा गरिन्छ । लोभ जागेमा ती बस्तु पाउन त्यसको पछाडी लाग्न थालिन्छ । इश्र्या जागेमा कुभलो सोच्नतिर लागिन्छ । तर त्यहि नकरात्मक भावनाहरु ध्यानीहरुमा आएमा त्यसलाई कसरी मैत्री, करुणा, मुतिदा, उपेक्षाभावले त्यस्ता नकरात्मक भावनालाई परम शान्तिको मार्गमा अध्यासको साधनको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने सोच्छन र ने ध्यान गर्छन । ध्यानीहरुको निमित्त सकरात्मक वा नकरात्मक भावनाहरु आउनु सामान्य मान्छन तर उनिहरु अध्यास वा ध्यानद्धारा कसरी परम सुख प्राप्त गर्न सकिन्छ भन्ने जान्न बुद्धले सिकाउनुभएको समथा र बिपश्यना ध्यान गर्दछ । यी साधाकहरुले प्रयोग गर्ने बिधीलाई हाम्रो दैनिक जीवनमा हामीले पनि प्रयोग गरिएमा पक्कै पनि यो बहु उपयोगी सिद्ध छ ।

मनलाई एकाग्र बनाउन आफुले जे काम गरिरहेको छौ त्यहीनै मन र शरिरलाई राख्नु पर्दछ । मन एकतिर शरिर अर्को तिर हुदा त्यो ध्यान हुदैन भने ध्यान नहुदा गरिएको काम पनि बिग्रन्छ। त्यसैले ध्यानीहरु शरिर जहा छ मन पनि त्यही ल्याउन बिभिन्न ध्यान बिधिहरु प्रयोग गर्छन । यसो गर्दा हाम्रो मनले काम पाउदछ जसले गर्दा अन्यत्र मन जादैन। यो अध्यासले एकाग्रताको अध्यास पनि हुन्छ भने मन भागीरहने, बेहोसी हुने, काम बिग्रने जस्ता समस्याबाट छुटकारा पाइन्छ । यसका साथै हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा बिकाश हुन्छ । जंगलको बादरले जताततै बाली नाली नास गरेझै नियन्त्रण नगरिएको मनले पनि धेरै बिजाई गर्दछ । त्यसैले मनलाई एकाग्र बनाउनु पर्दछ । मनलाई काम दिनु पर्दछ ।

मनलाई सजिलोसंग ध्यानमा केन्द्रित गर्न बिभिन्न उपायहरु रहेको पाइन्छ । बौद्ध मार्गीहरु यहि शरिरलाई प्रयोग गरेर ध्यान गर्ने गर्छन । स्वाशप्रस्वासमा ध्यान राख्ने सबैभन्दा प्रचलित ध्यान बिधि हो । यसलाई आनापान ध्यान बिधि भनिन्छ । यसमा हरेक स्वास आइरहेको छ र गइरहेको छ भनेर याद गरिन्छ । त्यस्तै हिड्दा, बस्ता, उभिदा, सुत्दा सबैमा होश राखिरहनु पर्दछ । यस्तै बौद्ध परमपरामा ध्यानको धेरै बिधिहरु छन् । मनमा आउने बिचारहरुमा र भावनाहरुमा पनि होस राखेर ध्यान गरिन्छ । यी बिचार र भावनाहरुलाई ध्यानको क्रममा राम्रो नराम्रो भनि कुनै प्रतिक्रिया जनाइदैन् । ति बिचार र भावनाको स्वभावलाई चिन्छन्। ध्यानीहरुले यो जान्दछ कि राम्रो या नराम्रो भनी ति भावना वा बिचारलाई नाम दिदा दुःख आइ लाग्दछ ।

यस लेखको सार के हो भने बौद्ध साधकहरुले बिभिन्न साधनाको माध्यमबाट डर त्रासलाई अन्त्य गरि सुख र शान्तिको मार्गमा सधै लागी रहन्छन् । माहामारीहरुबाट आफुलाई बचाउन धेरै सजक हुन्छन । शरिर र मन दुबैको शान्तिमा हरपल लागीरहन्छन् । आफ्नो दिप वा बत्ति आफै बन्छन। शान्ति र खुसीको प्रकाश सारा जगतमा फैल्याउछन । जन्म र मृत्युलाई सहजै लिन्छन । त्यसैले यो जीवन शैली तपाई हामीले पनि अंगिकार गर्न सकेमा कम्तिमा पनि यो महामारीको समयमा आफुलाई सधै सकरात्मक राख्न सहयोग पुग्नेछ भन्ने मेरा बिश्वास हो ।

[लेखकः गिताबहादुर श्रेष्ठ बौद्ध धर्मको अध्ययता हुनुहुन्छ ।]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार