सम्पर्क समितिद्धारा २०० घरपरिवारलाई राहत वितरण [भिडियोसहित]

समस्यामा परेका मजदुर र विद्यार्थी खुशी

4.7k Shares

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिद्धारा २ सय घरपरिवारलाई राहत वितरण गरिएको छ । दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेको निषेधाज्ञाका कारण अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई समितिले राहत वितरण गरेको हो ।

सोलुखुम्बु स्थायी ठेगाना भई उपत्यकाका विभिन्न क्षेत्रमा अस्थायी रुपमा बसिरहेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिएको सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए । ‘यसभन्दा अघि राहत वितरण गर्दा हामीले कुनै ठाउँमा बोलाएर दिने गरेका थियौं, तर अहिले सम्बन्धित स्थानीय तहका संयोजकले उनीहरु बसेको स्थानमै पुगेर राहत दिने व्यवस्था मिलाएका छौं ।’ सभापति बस्नेतले भने, ‘यसरी राहत वितरण गर्दा वास्तविक पिडितले पाउने भएकाले हामीले यस्तो प्रक्रिया अपनाएका हौं ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सम्पर्क समितिले सोलुखुम्बुको एक नगरपालिका र ७ गाउँपालिका स्थायी ठेगाना भई उपत्यकाका विभिन्न क्षेत्रमा अस्थायी रुपमा बसोबास गरिरहेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरेको हो । आजै सोताङ, महाकुलुङ, माप्य दुधकोशी र लिखुपिके गाउँपालिकाका संयोजकले राहत वितरण गरिसकेको बताएका छन् । खुम्बु पासाङल्हामु, नेचासल्यान, थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाका संयोजकले केहिलाई वितरण गरिसकेको र बाँकी रहेकालाई भोलीसम्म वितरण गरिसक्ने बताएका छन् ।

यो पनि पढ्नुहोस ।

आज सम्पर्क समितिले काठमाडौंमा २०० घरपरिवारलाई राहत बाड्दै

सम्पर्क समितिले काठमाडौंमा २०० घरपरिवारलाई राहत बाड्ने

सम्पर्क समितिले चाँडै राहत बाड्दैछः सभापति बस्नेत [भिडियोसहित]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार