नेफिनबाट फिर्ता बोलायो शेर्पा संघ बेलायतले प्रतिनिधिलाई

काठमाडौं । शेर्पा संघ बेलायतले नेपाल आदिवासी जनजाती महासंघ बेलायत (नेफिन) कार्यसमितिमा रहेका आफ्ना सम्पूर्ण प्रतिनिधीहरुलाई फिर्ता बोलाएको छ ।

शेर्पा संघ बेलायतको भर्चुअल माध्यमबाट बसेको आकस्मिक बैठकले नेफिन बेलायतको कार्यसमितिमा रहेका सबै प्रतिनिधीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । नेफिन यूकेको नव निर्वाचित अध्यक्ष कर्मा पाहाडी शेर्पाले शेर्पा संघको निर्णय विपरित कार्य गरेकाले शेर्पा संघ बेलायतबाट प्रतिनिधित्व गर्ने सबैलाई फिर्ता बोलाइएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै शेर्पाले एक दशकभन्दा बढि शेर्पा संघ बेलायतको विभिन्न पदमा रहि काम गरेता पनि शेर्पा संघ बेलायतको प्रतिनिधिको रुपमा महासंघमा नपठाउने निर्णय भएसँगै शेर्पाले आफु शेर्पा समुदायको नभएर तोक्पे गोला समुदायको भनि नयाँ तोक्पे गोला समन्वय समिति यूके गठन गरेका छन् । अहिल शेर्पा तोप्के गोला समन्वय समितिबाट नेफिन यूकेको अध्यक्षमा निर्वाचित भएका छन् ।

शेर्पा समुदायलाई पद र आफ्नो स्वार्थको लागि प्रयोग गरेको बुझिएकोले वहाँलाई शेर्पा संघ बेलायत त्याग गरि नयाँ समुदाय स्थापना गर्नुको कारण खुलाई शेर्पा संघ बेलायतलाई अधिकारी पत्र लेख्न नेपाल आदिवासी जनजाती महासंघको चौथो अधिबेशनमा अनुरोध गरेको र कर्मा पाहाडी शेर्पा ज्यूले पत्र लेख्ने प्रतिबद्धत जाहेर गरेता पनि आजको दिनसम्म कुनै पत्र नलेखेकाले वहाँलाई शेर्पा संघ बेलायतले महासंघको अध्यक्षको रुपमा स्वीकार गर्न नसक्ने संघको बैठक बसी आफ्नो प्रतिनिधिहरुलाई फिर्ता बोलाउने निणर्य लिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विगतमा शेर्पा संघ बेलायतलाई प्रतिनिधित्व गरि महासंघको महासचिव पद सम्हाली सकेको व्यक्तिलाई कुन आधारमा अन्य जातिय समुदायबाट प्रतिनिधिको रुपमा महासंघले स्वीकार गर्यो भनि महासंघको चौथो अधिवेशनमा प्रश्न राख्दा महासंघका अग्रज व्यक्तित्वहरुले यो महासंघको समस्या होईन शेर्पा समुदायको आन्तरिक समस्या हो भनि गैरजिम्मेवार जवाफ दिएको र महासंघको निर्वाचन समितिले पनि विचार, विमर्श र अध्ययन नगरी कर्मा पाहाडी शेर्पालाई अध्यक्षको उम्मेद्धवारीको रुपमा स्वीकार गर्नु गलत सांगठानिक अभ्यास नभएको शेर्पा संघ बेलायतको ठहर रहेको छ ।

हेर्नुहोस विज्ञप्ती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार