६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

काश्मिर बस दुर्घटनामा बाइसको मृत्यु



काश्मिर (भारत), ५ कात्तिक । भारत प्रशासित काश्मिरको रियासी जिल्लामा भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

बिहीबार साँझ भएको उक्त सडक दुर्घटनामा १५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुर्घटनामा गम्भीररुपमा घाइते भएका सात जना अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृत एएएसपी ताहिर सज्जाद भट्टले बताउनुभयो ।

बसले क्षमताभन्दा बढी यात्रुलिएर गुडिकाले दुर्घटना भएको बताइएको छ । बसमा टिकट लिएका ६२ जना यात्रु सवार थिए ।

Sagarmatha

घटनामा गम्भीर घाइते भएका यात्रुलाई एक हेलिकोप्टरमार्फत सरकारी मेडिकल कलेज, जीएमसीमा पठाइएको पनि भट्टले बताउनुभयो । रासस/पीटीआई

प्रकाशित मिति : ५ कार्तिक २०७३, शुक्रबार  १ : १९ बजे