५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस आईपीओको नतिजा


२६ श्रावण २०७८, मंगलबार  

924
Shares

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो ।

यस कम्पनीको आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो। स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।

जसमध्ये ६ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर हात पारेका छन् । कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ जारी गरेको हो । साउन १४ उक्त बिक्री खुला भएको आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७ सय ४६ कित्ता छुट्याइएको थियो ।

Sagarmatha

प्रतिकित्ता १ सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो ।

यसरी हेर्नुहोस आईपीओको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस । 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : ५४ बजे