काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ शनिबार बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओ ५ लाख ४० हजार जनाले १०/१० कित्ता हात पारेका छन् ।
कम्पनीको सेयरमा आवेदन दिने मध्ये एक लाख बढीको आवेदन रद्द भएको छ ।

कम्पनीको आइपीओमा हाल सम्मकै उच्च २४ लाख १९ हजार ८ सय ४८ जनाले आवेदन दिएका थिए । ती मध्ये ५ हजार ४ सय ३४ जनाले दोहोरो आवेदन दिएका कारण र १ लाख ६ हजार २ सय ९२ जनाको अन्यकारणबाट आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
कम्पनीले साउन २० देखि २४ सम्म सर्वसाधारणलाई जारी गरेको ६० लाख कित्ता सेयर मध्ये कर्मचारी र म्युचुअल फण्डलाई ६ लाख कित्ता छुट्याएर ५४ लाख कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
योग्य आवेदन दिएका २३ लाख ८ हजार १ सय २२ जना मध्ये १ लाख ४० हजार जनाले १०/१० कित्ता सेयर पाएका छन् ।
आइपीओको नतिजा सीडीएससीको साइट आइपीओरिजल्टमा गएर हेर्न सकिन्छ ।







