मन बहादुर कुलुङको निर्देशनमा चलचित्र सानिवा बन्दै

काठमाडौ : कुलुङ भाषाको चलचित्र सानिवाको छायाँकन सुरु भएको छ । कुलुङ जातिहरुको जनजीविकामा आधारित ‘चलचित्र सानिवा’ सोलुखुम्बु मिडिया प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको छायाँकन सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाको बुङ, छेस्काम गुदेल र काठमाडौको विभिन्न स्थानमा गरिने निर्देशक मन बहादुर कुलुङले जानकारी दिनुभयो।

यस चलचित्रमा मित्र माया कुलुङ, लक्ष्मण कुलुङ, सुमिना कुलुङ, तिर्थभगत कुलुङ, झलक माया कुलुङ, तिल जङ कुलुङ र बाल कलाकारमा प्रज्वल कुलुङ लगायतको मुख्य अभिनय रहने निर्माण टिमले जनाएको छ । पटकथा तथा निर्देशनमा मन बहादुर कुलुङ हुनुहुन्छ भने छायाँकन उमेश कुलुङको रहेको छ ।

चलचित्रको गीत युमन खालिङ (मनुहाङ किराँती) ले लेख्नुभएको छ । चलचित्रमा कुलुङ जातिको शैक्षिक अवस्था देखि समग्र जनजीविका समेटिएको निर्देशक मन बहादुर कुलुङले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार