२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

पर्यटन मन्त्रालयमा फोहोरको डंगुर छः पर्यटन मन्त्री आले

नेकपा एकीकृत समाजवादीमा १ सय २२ जना पार्टी प्रवेश



काठमाडौं । पर्यटन तथा नागरिक उडययन मन्त्री प्रेम आलेले मन्त्रालयमा फोहोरको डंगुर भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सोलुखुम्बुले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै पर्यटन मन्त्री आलेले नेपाल वायु सेवा निगममा फोहोरको डंगुर जस्तै काम नलाग्ने पाईलट र कर्मचारी भएको बताएका हुन् । ‘मेरो मन्त्रालमा फोहोरको यत्ति डंगुर छ । त्यो तपाईहरुलाई पनि थाहा छ ।’ मन्त्री आलेले भने, ‘अस्ति काठमाडौं रुकुमको फ्लाईट थियो, जहाज त उड्यो, तर, पाईलटले भन्यो मेरो डिउटी आवस सक्कियो भनेर नेपालगञ्ज विमानस्थलमा जहाज ल्याण्डिङ गरेर यात्रुलाई सास्ती दियो । मैले तुरुन्त पाईलटलाई कारबाही गर भने, तर के गर्नु हाम्रो वायुसेवामा पर्याप्त पाईलटहरु छैन ।’

एक अर्को प्रशंगमा पर्यटन मन्त्री आलेले नेकपा एमाले पार्टी नभई व्यक्ति भएको आरोप लगाएका छन् । ललितपुरको गोदावरीमा विधान महाधिवेशन भन्दै नाटक मञ्चन गरेपनि चितवनको नारायणी नदी किनारमा लगेर आम कार्यकर्ताको भावना र विचार सेलाएको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सोलुखुम्बु ईञ्चार्ज आङङिमा लामा, प्रदेश कमिटि जुद्धबहादुर कार्की, दोर्जी शुशिल शेर्पा, आङदोर्जी शेर्पा, जिल्ला अध्यक्ष दोर्जीजाङ्बु लामा, सचिव डिल्ली राई लगायत २ सय भन्दा बढि नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैबीच विभिन्न पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादीमा १ सय २२ जना नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् । संविधानको रक्षा र समाजवादका लागि नेकपा एकीकृत पार्टीमा लागेपछि मात्रै सम्भव हुने भएकाले पार्टी प्रवेश गरेको नव प्रवेशी नेताले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ३ : १० बजे