७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

सामाजिक विकास मन्त्री यादवद्धारा खोप केन्द्रको अनुगमन



विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले विराटनगरका वडाहरुमा सञ्चालित खोप केन्द्रहरुको अनुगमन गरेका छन् ।

कोभिड १९ विरुद्धको खोप सञ्चालन भईरहेका वडाहरुमा पुगेर मन्त्री यादवले खोप केन्द्रहरुको अनुगमन गर्नु भएको स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए ।

मन्त्री यादवले विराटनगरका १३, १४, १७ र १८ नम्वर वडाका खोप केन्द्रहरुमा पुगेर अनुगमन गरेका थिए । उहाँले लक्षित वर्गहरुले खोप पाए÷नपाएको अवस्थाबारे खोप केन्द्रका स्वास्थ्यकर्मीहरुसँग जानकारी लिनुभएको थियो । उहाँले लक्षित वर्गहरुबाट खोप नपाएको भन्ने गुनासो नआउने गरि काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘ खोप केन्द्रमा आएका कुनैपनि व्यक्ति खोप नपाएर फर्कनु नपरोस् ।’ मन्त्री यादवले स्वास्थ्य मापदण्ड पालना गरि खोप लगाउन र अनावस्यक भीडभाड नगर्न आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो,‘ कसैको निर्देशनमा भन्दा पनि खोप केन्द्रमा आएका व्यक्तिहरुलाई पालैपालो खोप लगादिनुहोस् ।’

Sagarmatha

खोप केन्द्रमा आएका व्यक्तिहरुलाई मन्त्री यादवले कुनै गुनासो भए तुरुन्त आफुलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । उहाँले आज अनुगमन गर्नु भएका ४ वडाका खोप केन्द्रमा आएका स्थानीयवासी र स्वास्थ्यकर्मीहरुसँग जानकारी लिनुभएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ४ : १२ बजे