२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

स्थानीय तह निर्वाचन २०७९ : बढि मतदाता सोलु दुधकुण्ड नगरपालिका र कम लिखुपिके गाउँपालिकामा

कुन स्थानीय तहमा कति मतदाता ?


सगरमाथा अनलाईन

३ बैशाख २०७९, शनिबार  

1k
Shares

सोलुखुम्बु । आउने वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सोलुखुम्बुमा सबैभन्दा बढि मतदाता संख्या सोलु दुधकुण्ड नगरपालिकामा रहेको छ । जिल्लाको सबैभन्दा कम मतदाता संख्या भने लिखुपिके गाउँपालिकामा रहेको छ ।

वि.सं. २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावलीमा सबैभन्दा बढि मतदाता संख्या १८ हजार ७ सय ९२ जना सोलु दुधकुण्ड र सबैभन्दा कम मतदाता संख्या ४ हजार ९ सय ७ जना लिखुपिके गाउँपालिकामा रहेको छ । सोलुदुधकुण्ड नगरपालिकामा २९ वटा मतदान केन्द्र रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा जिल्लाको सबैभन्दा बढि मतदाता रहेको मतदान केन्द्र थुलुङ दुधकोशी गाउँपालिकास्थित हिमालयन मावि ल्वारेमा १ हजार ५ सय ५९ जना रहेको छ । भने, सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्र पनि थुलुङ दुधकोशी गाउँपालिकाकै ठुलढुंगा आधारभूत विद्यालय ठुलढुंगामा रहेको छ । ठुलढुंगा मतदान केन्द्रमा १ सय १५ जना मात्रै मतदाता रहेको छ ।

जिल्लाको थुलुङ दुधकोशी बढि मतदाता संख्यामा दोस्रो स्थानमा छ । २३ वटा मतदान केन्द्र रहेको थुलुङ दुधकोशी गाउँपालिकामा १४ हजार ९ सय ३७ जना मतदाता रहेका छन् । त्यसैगरी तेस्रो स्थानमा माप्य दुधकोशी गाउँपालिका रहेको छ । १५ वटा मतदान केन्द्र रहेको माप्य दुधकोशी गाउँपालिकामा १० हजार ४ सय ६८ जना मतदाता रहेका छन् ।

Sagarmatha

चौथो स्थानमा नेचासल्यान गाउँपालिका रहेको छ । १५ वटा मतदान केन्द्र रहेको नेचासल्यानमा १० हजार ३ सय ८६ जना मतदाता रहेका छन् । त्यस्तै पाचौं स्थानमा महाकुलुङ गाउँपालिका रहेको छ । ११ वटा मतदान केन्द्र रहेको महाकुलुङमा ७ हजार ७ सय ८४ जना मतदाता रहेका छन् ।

छैठौं स्थानमा सोताङ गाउँपालिका रहेको छ । ११ वटा मतदान केन्द्र रहेको सोताङमा ६ हजार ७ सय ९० मतदाता रहेका छन् । सातौं स्थानमा खुम्बु पासाङल्हामु गाउँपालिका रहेको छ । ११ वटा मतदान केन्द्र रहेको खुम्बुमा ५ हजार ९ सय ५५ जना मतदाता रहेका छन् । र आठौं अर्थात जिल्लाको सबैभन्दा कम मतदाता संख्या लिखुपिके गाउँपालिकामा रहेको छ । लिखुपिकेमा ७ वटा मतदान केन्द्र रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  २ : ४७ बजे