सफलता पूर्वक सुपर हाइपरसोनिक मिसाइल परिक्षण

काठमाडौं । युक्रेन र रुसबीच भीषण युद्ध चलिरहेको आज ५६,औं दिन पार गर्दै गर्दा, विश्वका सक्तिशाली राष्ट्रहरु करिब दुई ध्रुवीकरणमा विभाजन हुने आशंका विश्वका रक्षा विशेषज्ञहरुले गरेका छन् । अमेरिका लगायतका पश्चिमा राष्ट्रहरुको संयुक्त सैन्य गठबन्धन न्याटोमा आवद्ध राष्ट्रहरुले युक्रेनलाई रसियासँग युुद्ध लड्न घाटक हतियार लगायतका आर्थिक मद्यत गरेका छन् । सो मद्यत प्रति रुस रुष्त हुँदै आएको छ । युक्रेन र रसियाबीच युद्ध चलेको ५६ औं दिनमा युक्रेनका करिब ७५ प्रतिशत सहरका भवनहरु खण्डहरु भएका छन् ।

सो युद्ध अझ लम्भिएर जाने हो भने विश्व निश्चित तेस्रो विश्वयुद्धमा होमिने आशंका रक्षा विशेषज्ञहरुले गर्न थालेका छन् । सो रसिया र युक्रेनबीचको युद्धमा नेटो सेना अगाडि आएमा त्यसको परिणाम नराम्रो भोग्नुपर्ने चेतावनी रसियाले बारम्बार दोहो¥याउदै आएको छ । यसको अर्थ हो,त्यसो भएमा युद्धमा निश्चित परमाणु बमको प्रयोग हुने भन्ने आशय बुझिन्छ । युक्रेन र रसियाबीच युद्ध चलिरहेको बेला अप्रिल २१,मा सुपर हाइपरसोनिक मिसाइलको सफलता पूर्वक रसियाले परीक्षण गरेको छ । सो परिक्षण पश्चात रसियाका राष्ट्रपति भ्लाडिमिर पुतिनले यो परिक्षण रसियाका लागि ठूलो सफलता हो,आफ्नो सार्वभौम रक्षाका लागि यो एउटा कोसे ढुँगा सबित भएको पुतिनेले बताए । सो परिक्षण गरिएको मिसाइलको गति र विश्वको जुन सुकै देशको सैन्य सुरक्षा राडारले ट्रयाक गर्न नसक्ने पनि रक्षा विषेशज्ञहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार