४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

ताइवानमाथि आक्रमण गर्न चीन तयारी,अमेरिकाले बचाउला


२ जेष्ठ २०७९, सोमबार  

77
Shares

काठमाडौं । युक्रेन र रसियाबीच युद्ध चलेको ८१ औ दिन वित्दैछ,तैपनि युद्ध रोकिने कुनै संकेत देखिन्दैन । रुसको छिमेकी राष्ट्र दुई पोल्यण्ड र फिनल्याण्ड आत्मा रक्षाका लागि भन्दै नेटोमा आवद्ध हुन्अमेरिका र नेटो समक्ष प्रस्ताव राखेको अवस्था छ । सोही प्रस्तावमाथि छलफलसँगै नेटोमा सामेल गराउँन अमेरिका तयार भएको छ । परमाणु हतियार सम्पन्न शक्तिशाली राष्ट्र रुसले युक्रेनलाई सहरमालाई खण्डहरमा परिणत गरिदिएको छ । यी दुई देश यदि नेटोमा आवद्ध भए,ठूलो परिणाम भोग्नुपर्छ भन्ने चेतावनी दिएको छ ।

फोटो चाइना मिलिटेरी

विश्वको शक्तिराष्ट्रहरु करिब दुई पोलमा विभाजित हुने देखिन्छ । युक्रेन र रसियाबीचको युद्ध चलिरहेको समयमा चीनले ताइवानमाथि आक्रमण गर्न सक्ने तयारीको संकेत देखाएको हो । ताइवान चीनको स्व शासित भूमि हो । ताइवान कुनै हालतमा स्वतन्त्र देश हुन सक्दैन,यदि यस्तो गर्न ताइवान स्वयम तयार भए र अन्य राष्ट्रले कुचेष्ता गरेमा ठूलो क्षति भोक्नुप पर्छ भन्ने चेतावनी चीनका रक्षामन्त्रीले प्रेस सम्मेलनमा दिएका छन् । चीनले दक्षिण सागरमा सैन्य शक्ति बढाउनका साथै ठूलो सैन्य युद्ध अभ्यास गरेको छ । सो युद्ध अभ्याससँगै दक्षिण सागरमा चीनले भारीमात्रमा सैन्य हतियार,सबमरिन,युद्धपोत,एयरक्राफ्ट क्यारियर जस्ता युद्ध सामग्रीहरु तैनाथ गरेको भारतीय सञ्चारमाध्यम्ले जनाएको छ । भारतीय रक्षा विशषज्ञहरुको अनुसार चीनले ताइवानमाथि आक्रमण गर्दा,नेटो देश लगायत अमेरिकाले ताइवानलाई सहयोग गरेको खण्डमा साधारण आक्रमण नभई परमाणु बम आक्रमण गर्न सक्ने ठूलो सम्भावना हुने चेतावनी दिएका छन् । विशषज्ञहरुको अनुसार ताइवानमाथि चीनको आक्रमण सानो हुन्छ भनेर नसोच्न चेतावनी दिएका छन् । चीनसँग अमेरिका भन्दा फरक र शक्तिशाली हतियार रहेको विश्वका रक्षा विशेषज्ञहरुको दावी छ । त्यसैले यदि चीनले ताइवानमाथि सैन्य आक्रमण गरेको खण्डमा अमेरिका लगायत सैन्य गठबन्धन नेटोले ताइवनको रक्षा वा सहयोग गरेमा, चीनले आत्मा रक्षाका लागि परमाणु बम प्रहार निश्चित गर्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । सो हुन सक्ने कारण,चीन अन्य देश जस्तो होइन, आफ्नो सार्वभौमिक्ता रक्षाका लागि जुन सुकै कदम चाल्न पछि हत्दैन भन्ने रक्षा विशेषज्ञहरुले काँलन गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : १६ बजे