काठमाडौं । अमेरिका,अस्ट्रलिया,भारत र जापानको संयुक्त गठबन्धन क्वाडको बैठक २४,मई २०२२, जापानको राजधानी टोक्योमा सम्पन्न भएको छ । सो बैठकको अगुवाई,नेतृत्व अमेरिकन राष्ट्रपति जो वाइडेनले गरेका हुन् । युक्रेन र रसियाबीच युद्ध चलेको ९२,औं दिन वितेको छ । सो दुई देशबीचको युद्धले युक्रेन सहर संशानघाट झै बनेको छ । लाखौ युक्रेनी नागरिक फिनल्याण्ड,स्वीडेनमा शरनार्थी जीवन जिउन् बाध्य भएका छन् । दुवै देशका हजारौ सैनिक हताहत भएका खबर अन्तराष्ट्रिय सञ्चारमाध्यम्ले सम्प्रेषण गर्दै आएका छन् । युक्रेन र रसियाबीच चलेको लामो युद्धले गर्दा,परमाणु हतियार सम्पन्न भएका विश्वका शक्तिशाली राष्ट्रहरु दुई ध्रुवमा विभाजित हुने,भारत र पश्चिमेली राष्ट्रका रक्षा विज्ञहरुले आँकलन गरेका छन् ।


जापानको राजधानी टोक्योमा क्वाड बैठक बस्नुको मुख्य तात्पर्य चीनलाई घेराबन्दी गर्नु हो,भन्ने अन्तराष्ट्रिय माम्ला जानकारहरुले ठोकुवा गरेका छन् । क्वाड बैठकको प्रमुख एजेण्डा विश्व जलवायुपरिवर्तन,नोबेल कोरोना भाइरस नियन्त्रण र चार राष्ट्रहरुको भूमिका र सहकायर्को आवश्यक्ता सन्दर्भ प्रस्तुत गरिएको थियो । सो सन्दर्भसँगै अमेरिकन राष्ट्रपति जो वाइडेनले क्वाड बैठकलाई सम्बोधन गर्दै,अमेरिका,अस्ट्रलिया,जापान र भारतको सीमासँग जोडिएको सामरिक महत्व बोकेको दक्षिण सागरमा चीनको गतिविधि नकरात्मक ढङ्गले बढेको साथै सो क्षेत्रमा चीनले अवैधानिक रुपमा माछामार्ने कार्य पनि गर्दै आएकोले यस क्षेत्रमा चीनले पूर्ण रुपमा प्रभुत्व जमाउन खोजेका आरोप लगाएको छ । दक्षिण सागर क्षेत्र सामरिक दृष्ट्रिकोणले महत्वपूर्ण क्षेत्र हो । सो क्षेत्रमा चीनले चालेको नकरात्मक गतिविधि प्रति क्वाड आवद्ध राष्ट्रहरु सचेतमात्र होइन प्रतिकार गर्न तयार हुनुपर्छ भन्ने क्वाड राष्ट्रका प्रमुखहरु समक्ष अमेरिकन राष्ट्रपति जो वाइडेनले आग्रह गरेका छन् । सो क्वाड बैठकलाई सम्बोधन गर्ने क्रममा भारत,अस्ट्रलिया र जापानका प्रधानमन्त्रीहरुले चीनको नाम नलिएता पनि,चीनको गतिविधि विश्वका लागि खतरा भएको बताएका छन् । यस प्रति समयमै सचेत हुनुपर्छ भन्ने राष्ट्र प्रमुखहरुको धारणा रहेको थियो । दक्षिण सागर क्षेत्र सामुदिक« व्यापारिक दष्ट्रिकोणले अति महत्व सावित मानिएको क्षेत्र हो । सो सामुदि«क क्षेत्रबाट जापान,अस्ट्रलिया,भारत र अमेरिका जलमार्ग माध्यमद्धारा व्यापारका निम्ति अति उत्तम मार्ग मानिएको छ । सो सामरिक महत्वका दक्षिण सागर क्षेत्र चीनले लामो समयदेखि चीनको भू–भाग हो भनि दावी गर्दै आएको छ । उक्त चीनको दावी प्रति सबैभन्दा अमेरिका रुष्ट बनेको छ ।

युक्रेन र रसियाबीच युद्ध भएता पनि,यो युद्ध युक्रेन र रसियाबीच नभई अमेरिका र रसियाको हो,युक्रेनलाई प्रयोगमात्र गरिएको हो भन्ने अन्तराष्ट्रि मामला जानकारहरु बताउँछन् । जापानको राजधानी टोक्योमा क्वाड बैठक बस्दै गर्दा जापानको सीमानामा चीनको घाटक बम्बरक विमान र रसियाको सुकोई ३५ फाइटर उडेको समाचार युरोन्यूज र भारतीय सञ्चारमाध्यमहरुले सम्प्रेषण गरेका छन् । सो संकेतले पनि कतै विश्व तेस्रो विश्वयुद्धमा ढकेलिने त होइन भनेर रक्षा विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कतिपय भारतीय सञ्चारमाध्यम्ले जापानको राजधानी टोक्योमा बसेको क्वाड बैठकले चीन बौलायो भन्ने आरोपित समाचार प्रसारण गरेका छन् । बैठकमा दक्षिण सागर क्षेत्रमा स्याटालाइटको माध्यम्ले सुरक्षा निगरानी राख्ने चीनको अबैधानिक गतिविधिलाई पूर्ण रुपमा रोक्ने निस्कर्ष क्वाड बैठकको निस्कर्ष छ । सो क्वाड बैठकको समिक्षा गर्दै एक भारतीय रक्षा विशेषज्ञले युक्रेन र रसियाबीचको य्ुद्धप्रति भारत हालसम्म शान्तिको पक्षमा रहेको र अमेरिका,युरोपियन लगायत नेटोमा आवद्ध राष्ट्रहरुले रसियाको विरुद्धमा उभिन आग्रह गरेको तर भारतले वर्तमान अन्तराष्ट्रिय कुटनीतिक प्रति बदो वुद्धिविवेक पूर्ण कदम चालेकाले दुर्घट्ना नभएको,कतै भारतको पनि मनस्थिति बदलिएर पश्चिमेली राष्ट्र झै रसियाको बिरोधमा उभिए । विश्व निश्चित तेस्रो विश्वयुद्धमा ढकेलिने चेतावनी दिएका छन् । वर्तमान परिप्रेक्ष्यमा परमाणु हतियार,सैन्य लगायत सामरिक दृष्ट्रिले विश्वमा भारत शक्तिशाली राष्ट्रमा गणिन्छ । त्यसैले अमेरिकाले भारतलाई रुसको विरुद्धमा उभिन दबावसँगै आग्रह गरेको अन्तराष्ट्रिय माम्ला जानकारहरुले बताएका छन् ।








