२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अब निजगढको पालो’


१७ पुस २०७९, आइतबार  

63
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउने बताएका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको विषय पनि उठाएका हुन् ।

निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले दिएको आदेशपछि निर्माण अघि बढाउने सम्बन्धमा अन्योल छ । सरकारले गठन गरेको विज्ञको समूहले बाराको निजगढमै विमानस्थल बनाउन सकिने निर्षकर्ष सहितको प्रतिवेदन सरकारलाई पेश गरिसकेको छ । तर कसरी विमानस्थल निर्माण अघि बढाउने भन्नेबारे सरकार अनिर्णित छ ।

प्रधानमन्त्री प्रचण्डले अब निजगढ विमानस्थल अघि बढाउने भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको कारण कास्कीलाई धेरै मुलुकसँग जोड्न मिल्ने बताएका छन् । कास्कीबासीको चाहना पुरा भएको भन्दै पोखरा विमानास्थलले देशकै अर्थतन्त्रमा योगदान गर्ने उनले बताए ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : ४३ बजे