१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

कांग्रेस सोलुखुम्बु महासमिति सदस्यको निर्वाचन मंसिर २७ गते हुँदै



सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले महासमिति सदस्यहरुको निर्वाचन यहि मंसिर २७ गते गर्ने भएको छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) १८ को (ख)को प्रावधान बमोजिम प्रतिनिधित्व गर्ने महासमिति सदस्यहरुको निर्वाचन मंसिर २७ गते गर्न लागेको हो ।

यहि मंसिर २७ गतेसम्म निर्वाचन सम्पन्न गरी सो को प्रतिवेदन पेश गर्ने जिम्मेवारी नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसनका अध्यक्ष अधिबक्ता बिदुर लामिछानेलाई दिइएको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले बताए ।

नेपाली कांग्रेसले आगामी पुस १६ गतेका लागि महासमिति बैठक बोलाएको छ । निर्वाचित हुने सदस्यहरुले सो बैठकमा सहभागी हुन पाउनेछन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ३ : ०५ बजे