२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

ईरानले इजरायलमाथि भीषण हमला चेतावनी


२९ श्रावण २०८१, मंगलबार  

0
Shares

काठमाडौं । इरानले इजरायलमाथि भीषण सैन्य हमला गर्ने चेतावनी दिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले समाचार सम्प्रेषण गरे अनुसार केहि समयपछि नै इरानले इजरायलमाथि हमला गर्न सक्ने चेतावनी दिएको र इजरायल र इरानबीच भयङ्ककर युद्ध भत्किने सम्भावना बढेको अन्तराष्ट्रि सञ्चारमाध्यमले समाचार प्रसारण गरेका छन् ।

इरानले इजरायलमाथि हमला गर्ने धम्कीसँगैे मोजाहिर १० नामक ड्रोन समेत प्रर्दश गरेको छ । सो ड्रोण हालसालमात्र इरानले प्रयोगमा ल्याएको हो भन्ने रक्षा विज्ञहरुको दावी छ । सो ड्रोणले चौबीस घण्टा उडान भर्न सक्ने र उक्त ड्रोण पछिल्लो विकसित र खतरनाक रक्षा विज्ञहरुले मानेका छन् । मोजाहिर १० नामक ड्रोणको मारक क्षमता २ हजार किलो मिटरसम्म मार हान्न सक्ने क्षमता रहेको छ । सो ड्रोण हालसम्मकै सक्तिशाली मानिएको छ । गत साता ईरानको राजधानी तेहरानमा हजासका कमाण्डर स्माइल हानियको हावाईहमलामा मारिएपछि र ईरान र इजरायलबीच तनाब बढ्दै गएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ११ : ३० बजे