६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी (भिडियोसहित)



काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।

स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।

‘हिमपहिरो हो कि हिमताल फुटेको यकिन भइसकेको छैन’ प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भनिन् ।

यता, स्थानीय थामे खोला (दूधकोशीको सहायक खोला)मा आएको बाढीले गाउँ डुबानमा परेको वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार थामे गाउँमा ४५ घरधुरी छन् ।

थामे गाउँपुग्न सोलुखुम्बु सदरमुकामबाट ४ दिन लाग्ने शेर्पाले जानकारी दिए । ‘अहिलेसम्म मानवीय क्षतिबारे जानकारी आएको छैन, हामी बुझ्दैछौं’, उनले भने ।

नाम्चेबजारका स्थानीय लामाकाजी शेर्पाका अनुसार थामेमा ३ घर बगाएर लगेको बताएका छन् ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १० : ०४ बजे