डोनाल्ड ट्रम्पले विज्ञापन र प्रचारप्रसारमा खर्च ह्वात्तै बढाउने

0 Shares

संयुक्त राज्य अमेरिका, १८ कात्तिक । निर्वाचन अभियानका पछिल्ला दिनहरुमा केही शिथिल हुँदै गएका उम्मेदवार डोनाल्ड ट्रम्पले विज्ञापन र प्रचारप्रसारमा खर्च ह्वात्तै बढाउने भएका छन् ।
उनले डेमोक्र्याटिक पार्टीप्रति झुकाव राख्ने राज्यहरुका जनताको मत तान्ने वा क्लिन्टनको भोट काट्ने प्रयास स्वरुप मिसिगन र न्यु मेक्सिकोमा तत्कालै यस्तो गर्ने निधो गरेका हुन् ।
निर्वाचनको तिथिमिति नजिकिँदै जाँदा कार्यकर्ताहरुबीच थप उर्जा तथा उत्साह सञ्चारित गर्न हाल चर्चामा रहेको, विपक्षी हिलारी क्लिन्टनको “इमेल प्रकरण” लाई ट्रम्पले उछालिरहेका जनाइएको छ ।
साथै, मिसिगन, न्यु मेक्सिकोमा लगायत डेमोक्र्याटिक पार्टीप्रति झुकाव राख्ने ११ राज्यहरुमा निर्वाचनपूर्वको अन्तिम दिनसम्ममा बिज्ञापन तथा प्रचारप्रसार कार्य र सामाग्रीमा दुई करोड पचास लाख अमेरिकी डलर खर्च गरिने बताएका छन् ।
उनले गतः अगस्ट महिनाको अन्त्यतिरदेखि सेप्टेम्बरको शुरुशुरु मै मिसिगन राज्यमा मात्र करिब पाँचलाख अमेरिकी डलर बिज्ञापनमा खर्च गरिसके ।
सन् १९८८ देखि नै मिसिगन राज्यले रिपब्लिकन उम्मेदबारलाई बहूमत दिएर जिताएको छैन । त्यस्तै, सन् २००८ र २०१२ को निर्वाचनमा दुबै पटक वर्तमान राष्ट्रपति बाराक ओबामाले न्यु मेक्सिको राज्यबाट अत्यधिक बहूमत प्राप्त गर्नु भएको थियो ।
ट्रम्पले निर्वाचनमा विजयी हुनका लागि “राष्ट्रपति पदका लागि मात्र दिन पाइने मत” (इलेक्टोरल भोट) को उल्लेख्य अंश डेमोक्र्याटिक पार्टीको परम्परागत गढबाट नहत्याइ हुँदैन । तर, निर्वाचनपूर्वका सर्वेक्षण र प्रारम्भिक अनुमानले देखाए अनुसार यो कार्य अत्यन्तै कठीन छ । रासस ÷एपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार