किरात सभ्यता मानव जीवनकै उत्कृष्ट सभ्यता होः रक्षामन्त्री राई

  सगरमाथा अनलाईन
182 Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले किरात सभ्यता मानव जीवनकै उत्कृष्ट सभ्यता भएको बताएका छन् । जिमी (राई) उत्थान समाज सोलुखुम्बुको २६ औं वार्षिक उत्सव तथा साधारण सभाको प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै मन्त्री राईले किरातीहरुले अन्य समुदायका मानिसलाई संरक्षण गर्ने परापूर्वकालदेखि चलिआएको परम्परा भएकाले मानव जीवनमा किरात सभ्यता उत्कृष्ट भएको बताएका हुन् ।

‘दुःख पाईयो भने किरातीसँग संगत गर्नु भन्ने गाँउघरमा भनाई छ,’ मन्त्री राईले भने, ‘किरातीहरूले अन्य समुदायका मानिसलाई संरक्षण गर्छ, सहयोग गर्छन्, यो मैले भनेको होइन किरातीसँग संगत गरेका गैरकिरातीहरूले भनेका हुन ।’

‘किरात जाति होइन, सभ्यता हो । यलम्बरदेखि जितेदास्तीले यो देशमा शासन चलाएका थिए । किराँती हुनुमा मलाई गर्व छ,’ मन्त्री राईले भने, ‘सबै क्षेत्रमा जिमी राई समाजले गरिरहेको कार्य प्रसंशनीय छ । सयौं किरातीहरुले जिमी (राई) उत्थान समाजले विभिन्न समयमा आर्थिक सहयोग पनि गरेको छ ।’

जिमीराई सँस्था देश विदेशका जिमी र गैरजिमीको सहयोगले अहिलेसम्म टिकीरहेको हो । झनै यो संस्थाको अध्यक्ष स्थापनाकालदेखि सदाबहार रुपमा लागिपरेकाले दिनप्रतिदिन संस्थाको ओज बढेको छ । मन्त्री राईले भने, ‘जिमी राई गठन हुँदा हामीलाई जातिय आरोप लाग्यो । तर, यो सँस्था स्थापनाकालदेखि अहिलेसम्म विशुद्ध सामाजिक सँस्थाको रुपमा राम्रो छबि बनाएको छ । यो विषय त मलाईभन्दा तपाईहरुलाई धेरै थाहा छ ।’
यो सँस्था पछि परेका किराँती समुदायलाई प्रोत्साहन दिने सँस्था भएको छर्लङ्ग भएको छ । जिमि राई ऐना जस्तै छर्लङ्ग सामाजिक सेवा गर्ने सँस्था हो मन्त्री राईले भने ।

गोकर्ण राईले खोलेको सँस्था भएकाले यो त कांग्रेसले परिचालन गरेको हो, भनेर आरोप लगाउनेहरु पनि धेरै थिए । कतिपयले त, यो त बलबहादुर केसीको घु¥र्यानको मान्छे हो । कांग्रेसले परिचालन गरेको सँस्था हो भनेर पनि विभिन्न आरोपहरू लागाएका थिए । तर, त्यो समयमा सँस्थापक अध्यक्ष र हालका अध्यक्ष एकै हुनुहुन्छ, यशबहादु राई । उहाँ अविचलित रुपमा लाग्नु भयो ।

अध्यक्षले कुनै दिन विदा लिदा केले विदाई गर्ने हो त्यो बारेमा मलाई चिन्ता लागेको छ, मन्त्री राईले भने, ‘सोलुखुम्बु जिल्लाको सामाजिक भावनाको अब्बल व्यत्तित्व यसबहादुर राई हो ।’

किरात खालिङ राईका केन्द्रीय अध्यक्ष बलबहादुर खालिङले किरात समुदायले विभिन्न बहसहरू सिजनेबल रूपमा मात्रै गर्ने गरेकाले अबका दिनमा सदाबहार रूपमा बहस गर्नुपर्ने बताएका छन् ।

‘खालिङ संस्था जिमी राईसँग सहकार्य गर्न सदा तयार रहेको छ, अध्यक्ष खालिङले भने, ‘सोलुखुम्बुमा रहेका बाहिङ, कुलुङ, थुलुङ, खालिङ र नाछिरिङको भाषा, सँस्कार र सँस्कृतिमा जिमी राईले जोड दिनुपर्छ । अनिमात्रै हाम्रो साझा सँस्थाको रुपमा जिमी राई उत्थान समाज स्थापित हुन्छ ।’
कार्यक्रमका सभाध्यक्ष यशबहादुर बाहिङ राईले सभ्य र भव्य रुपमा कार्यक्रम सम्पन्न भएकोमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । जिमी राई उत्थान समाजबाट विभिन्न समयमा पुरस्कृत भएपछि आफ्नो दायित्व सम्झेर सँस्थालाई सहयोग गर्नु पर्ने बताए ।

‘हामीले सँस्थाबाट विभिन्न विधामा पुरस्कार र सम्मान गरेका छौं । तर, पुरस्कार र सम्मान पाउने व्यक्तिहरु सँस्थाको पछिल्लो कार्यक्रममा खोज्नु नपरोस । कार्यक्रम हुने खबर पाएपछि आफै आउनु पर्छ ।’ अध्यक्ष बाहिङले भने, ‘एक पटक सम्मान र पुरस्कार पाएपछि अब त सँस्थाबाट मैले लिने केहि छैन किन आउनु र ? भन्ने भावनाले होकी उहाँहरु आउनु हुन्न । अबको दिनमा सम्मान पाउनेहरुको हकमा त्यस्तो नहोस ।’

सल्लेरीमा बन्दै गरेको बहुउद्देश्यीय भवन सबैका लागि भएकाले जिल्लामा बसोबास गर्नुहुने सबै किराँती समुदायले आफूले सकेको आर्थिक तथा भौतिक सहयोग गर्न पनि अध्यक्ष बाहिङ आग्रह गरेका छन् ।

कार्यक्रममा डिवि खालिङ, बिक्रमबाबु थुलुङ राईले शुभकामना मन्तव्य राखेका थिए, भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सरिता राईले राखेका थिए । कार्यक्रमा सोलुखुम्बुबाट काठमाडौं आई अस्थायी र स्थायी रुपमा बसोबास गर्ने किराती समुदायको उलेख्य उपस्थिति रहको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार