जनताको स्वास्थ्य सेवामा लाग्न स्वास्थ्यकर्मीलाई अध्यक्ष राईको निर्देशन

  सगरमाथा अनलाईन
21 Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले जनतको स्वास्थ्य सेवामा जिम्मेवारी पूर्ण लाग्न स्वाथ्यकर्मीहरुलाई निर्देशन दिएका छन् । गाउँपालिका अन्तरगत स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा कार्यक्रममा अध्यक्ष राईले यस्तो निर्देशन दिएका हुन् ।

स्वास्थ्य सेवाप्रति आफु संवेदनशील रहेको बताउँदै स्वास्थ्यकर्मीको सानो गल्तीले बिरामीको स्वास्थ्यमा गम्भिर असर पु¥याउने भएकाले पनि स्वास्थ्यकर्मीले हरेक क्षण चुनौतीको सामना गर्नु परिरहेको अध्यक्ष राईले बताए । समीक्षा कार्यक्रममा मातृ मृत्युदर र नव शिशु तथा बाल मृत्यु दर शून्य, पूर्ण खोप सुनिश्चतता र गाउँपालिकाको सम्पूर्ण स्वास्थ्य संस्थाहरूको न्युनतम सेवा मापदण्डसम्बन्धी ईन्डेक्सको हकमा सम्पूर्ण स्वास्थ्य संस्थाले ८० प्रतिशतभन्दा माथि कायम गर्न सफल भएको जानकारी कार्यक्रममा गराईएको थियो ।

सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले सम्पूर्ण सूचकमा उल्लेखनीय सुधार गर्ने र न्युनतम सेवा मापदण्डमा गाउँपालिका भरी उत्कृष्ट अंक प्राप्त गरि प्रथम हुने स्वास्थ्य चौकी पञ्चन, दोस्रो हुने स्वास्थ्य चौकी काँगेल र तेस्रो हुने स्वास्थ्य चौकी जुबुलाई कमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाण पत्रले सम्मानित गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताए ।

गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा थुलुङ दुधकोशी अस्पताल लगायत ६ स्वास्थ्य चौकी र ३ सामुदायिक स्वास्थ्य ईकाईका प्रमुखहरूले आ-आफ्नो संस्थाद्वारा सम्पन्न गरिएका स्वीकृत कार्यक्रमहरूको प्रगतिबारे प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार