ओडारमा ओत लागेका २ चेपाङसहित ३ जना बेपत्ता

  सगरमाथा अनलाईन
210 Shares

धादिङ । अविरल वर्षाको क्रममा खसेको पहिरोले पुरिएर शुक्रबार धादिङमा २ जना चेपाङ र खोलाले बगाएर १ जना बालिका बेपत्ता भएका छन् ।

भल आएको नदीमा माछा मार्न हिँडेका बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए । नदीमा माछा मार्न जान लागेका उनीहरु निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा रहेको ओडारमा ओत लागेर बस्दा एक्कासि पहिरो आउँदा उनीहरु पहिरोमा पुरिएका हुन् । पहिरोले पुरिएपछि बेपत्ता २ जनाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाले बगाएपछि १ बालिका बेपत्ता भएकी छिन् । खोलाले बगाएका २ जना भने पौडिन सफल भएका छन । खोलाले बगाएकी बालिकाको स्थानिय द्वारा खोजि गरिरहेका छन् । खोलाले उनीहरु सवार मोटरसाइकल पनि बगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार