९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

दुवै सदनमा बहुमत पुग्नेगरी अध्यादेश पास हुने दावी


३ फाल्गुन २०८१, शनिबार  

7
Shares

काठमाडौं । सरकारले जारी गरेका अध्यादेशहरूको प्रक्रिया संघीय संसद्का दुवै सदनमा अघि बढाउने सहमति भएको सत्तारुढ गठबन्धनले दाबी गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरूबीच सहमति जुटेको गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

‘अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ । सबै राजनीतिक दलहरू सहमत भएका छौं,’ बैठकपछि गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।

गृहमन्त्री लेखकका अनुसार बहुमत पुग्नेगरी दलहरूबीच सहमति भएको छ । उनले कस्ता कस्ता विषयमा सहमति भएको भन्नेचाहिँ खुलाएनन् ।

Sagarmatha

‘अध्यादेश स्वीकृत गर्ने, अध्यादेश अघि बढाउने बारेमा छलफल भयो । छलफल सकारात्मक रुपले निष्कर्षमा पुगेको छ,’ गृहमन्त्री लेखकले भने, ‘बहुमत पुग्छ । पुग्नेगरी छलफल भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : ४८ बजे