१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन : गृहमन्त्रीको दाबी अध्यादेश अघि बढ्छ


३ फाल्गुन २०८१, शनिबार  

0
Shares

काठमाडौं । सरकारले जारी गरेका अध्यादेशमा सहमति जुटेको सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरूले दाबी गरेका छन् ।

सरकारले हिउँदे अधिवेशन नभएको बेला पारेर ६ वटा अध्यादेश जारी गरेको थियो ।

तीमध्ये भूमिसम्बन्धी अध्यादेशमा आफूहरूको असहमति रहेको सो पार्टीले यसअघि नै निर्णय लिएको थियो । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको प्रतिनिधिसभामा प्रष्ट बहुमत भए पनि राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल निर्णायक छ ।

सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताएको थियो । यद्यपि शनिबार बालुवाटारमा बसेको बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए ।  गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र सांसद राजकिशोर यादवसँग छलफल गरेरै सहमति भएको दाबी गरेका छन् ।

बालुवाटार बैठकबाटै उनीहरूसँग फोन संवाद भएको गृहमन्त्री लेखकले बताएका छन् ।

‘जसपा नेपालको उपेन्द्र र राजकिशोरजीसँग फोनमा वार्ता भएको छ । उहाँहरूसँग पनि कुरा भएको छ,’ गृहमन्त्री लेखकले भने ।

अध्यक्ष यादव काठमाडौं बाहिर भएकाले आजको बैठकमा सहभागी नभएको पनि उनले बताए ।

‘काठमाडौं बाहिर भएकाले फोनमा कुरा भएको छ,’ उनले भने ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ९ : ३४ बजे