२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

कांग्रेस पार्टीको १५औं महाधिवेशन २०८२ मा सम्भव छैन डा; प्रकाशशरण


३ फाल्गुन २०८१, शनिबार  

0
Shares

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीको १५औं महाधिवेशन २०८२ सालमा सम्भव नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उनले तयारी नपुगेकाले पार्टीको १५औं महाधिवेशन केही समय पछि सर्न सक्ने बताएका छन् ।


‘पार्टीको १५औं महाधिवेशन केही समय पछि सर्न सक्छ । तयारी केही पुगेको छैन । तयारीका लागि केही समय थप गर्न सकिन्छ,’ डा महतले त्यसो भनेको हो ।

प्रवक्ता महतले विधानतः एक वर्ष ६ महिना थप्न सकिने भए पनि कति समय थप गर्ने भन्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने बताए । पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी हुने गरेको भन्दै त्यसले पार्टीलाई कमजोर बनाउने महतले बताए । ‘पार्टीलाई बलियो बनाउन व्यक्तिवादी प्रवृत्ति निरुत्साहित गर्नुपर्छ,’ समेत भनेका छन् । ‘हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ ।’

प्रवक्ता महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने धारणा पनि व्यक्त गरे । व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको उनको भनाइ थियो ।

पार्टीभित्र एकले अर्कोलाई स्वीकार गर्ने वातावरण बनाउन आवश्यक रहेको पनि बताए । माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति देखिएको उनले जिकिर गरे ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ११ : ०० बजे