२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु


१५ फाल्गुन २०८१, बिहिबार  

0
Shares

काठमाडौं । तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुरको लेले घर भएकी २२ वर्षीया रिता नेवार छिन् । उपचारको क्रममा बुधबार राति केएमसी अस्पताल सिनामंगलमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीनकुनेस्थित सडकमा प्र।३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकलमा उनी सवार थिइन् । उक्त मोटरसाइकललाई बा–०३–००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरले ठक्कर दिएपछि उक्त मोटरसाइकल बा५ख १५४६ नम्बरको बसमा ठोक्किएको थियो ।

प्रहरीले बस र टिपरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ८ : ०६ बजे