८ असार २०८३, सोमबार | Tue Jun 23 2026

एकीकृत समाजवादीद्वारा पार्टी कार्यालयमा तोडफोड र आगजनीको विरोध



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले शुक्रबार पुनर्स्थापनावादी समूहले आफ्नो केन्द्रीय तथा काठमाडौं जिल्ला कार्यालयमा आक्रमण गरी तोडफोड र आगजनी गरेको भन्दै घोर आपत्ति जनाएको छ।

पार्टी महासचिव घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा हुलदंगा समूहले पार्टी कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको, महत्वपूर्ण कागजात जलाएको तथा सम्पत्तिमा क्षति पुर्‍याएको उल्लेख छ।

विज्ञप्तिमा यस्ता घटनालाई ‘अराजक र कायरतापूर्ण’ भन्दै सरकारलाई दोषीलाई तत्काल कानुनी कारबाही गर्न आग्रह गरिएको छ। साथै, समाजमा अशान्ति मच्चाउने तत्वहरूको प्रतिरोध गर्न जनसमुदायलाई आह्वान गरिएको छ।

Sagarmatha

समाजवादी पार्टीले सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउँदै पार्टी कार्यालय जलेर नष्ट भइसक्दा समेत प्रशासनले समयमै कदम नचालेको आरोप लगाएको छ। पार्टीले यस्ता आपराधिक गतिविधिहरू नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  २ : ३९ बजे